Sunday 25th January 2026

विदेश जान ठिक्क परेका १० जना महिलालाई प्रहरीले रोक्यो


आकर्षक रोजगारीको प्रलोभनमा विदेश लैजाँदै गरिएका १० जना महिलालाई प्रहरीले उद्धार गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले बैदेशिक रोजगारको नाममा बेच्न लैजाँदै गरिएका ति महिलालाई उद्धार गरिएको जनाएको छ ।

प्रभागका अनुसार नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश लैजान लागिएको सुचना प्राप्त भएपछि नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट गत शनिबार र आइतबार उनीहरुको उद्धार गरिएको हो । ति मध्ये सवैले आफू विदेश जान लागेको बताएका थिए । त्यसमध्ये चारजनासँग भनें साथमा पासपोर्ट रहेको र आफूखुशी मेनपावर कम्पनी मार्फत विदेश जान लागेको बताएपछि उनीहरुलाई परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । बाँकी छ जनालाई भनें सुरक्षित आवास गृहमा राख्ने गरी शक्ति समुहको जिम्मा लगाइएको छ ।
साभार देशप्रदेश


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...