Sunday 1st March 2026

साप्ताहिक राशिफल (असार ८ गते देखि १४ गते सम्म)


ज्योतिष पंण्डित – राम प्रसाद सिटाैला

मेष 

समकक्षीहरूको सुझाव अनुसरण गर्दा मेहनत खेर जानेछैन । सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गर्नेछ । सामान्य बाधा भए पनि जल एवं फलको सेवनले स्वास्थ्य अनुकूल बनाउनेछ । साताको अन्त्यमा सूर्यको आराधना गरे स्वास्थ्य तथा समृद्धिको ढोका खोलिनेछ ।

वृष 

स्वरोजगारीको अवसर पाइनेछ । साथीभाइसँग भ्रमण गर्दा आफ्नै धन खर्च हुनेछ । कर्मचारी वर्गका निम्ति स्थान परिवर्तन वा अन्य नयाँ अवसर प्राप्त हुने सम्भावना छ । महत्वपूर्ण व्यक्तिहरूसँग परिचित भै जिम्मेवारी वहन गर्न पाइएला ।

मिथुन 

दुई आत्माबीचको सुन्दर सम्बन्ध निकै अघि बढिसकेको अवस्था छ । सामाजिक क्षेत्रमा कीर्तिमानी कार्य गरी लोकप्रियता आर्जन गरिनेछ । ठूलाबडासँगको प्रत्यक्ष भेटघाटका कारण योजनाहरू सहज रूपमा सम्पन्न गर्न सकिनेछ । घरको आर्थिक समस्या निर्मूल गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने हुनसक्छ ।

कर्कट 

उपल्लो दर्जाका व्यक्तिहरूको दबाबमा गरिएको कार्यले मन खल्लो बनाउनेछ । सोचेजस्तो अवसर प्राप्त गर्न नीलो रंगको पहिरन शुभ सावित होला । बुधबारपछिका दिनहरू अनुकूल नै हुनेछन् । मन पराउनेहरूसँग मित्रता एवं प्रेमको गाँठो कसिन सक्छ । दिगो आम्दानी हुने मार्ग पहिल्याउन केही समय कुर्नुपर्ने हुन्छ ।

सिंह 

विभिन्न कुराले पारिवारिक गुनासो बढ्न सक्छ ।  आफ्नो मेहनत तथा लगनशीलताको अरूले प्रशंसा गर्नेछन् । विवेक नपुर्‍याई हतारमा गरिएका कार्यले नोक्सान पुर्‍याउला । जिम्मेवार भै व्यवहार गरे समस्याबाट स्वत: मुक्त हुन सकिनेछ । साताको अन्त्यमा फजुल खर्चले पिरोल्नेछ ।

कन्या 

सरोकार नभएको विषयमा चासो राख्दा दु:ख पाइनेछ । पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । आइतबारदेखि कतिपय बाधा स्वत: हट्नेछन् भने रचनात्मक काम गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । गल्ती सच्याउने प्रतिबद्धताले प्रतिष्ठा वृद्धि गर्ला । ठूलाबडाको प्रेरणालेसमस्याको जरा पहिल्याउन सकिनेछ ।

तुला  

अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । राम्रै आम्दानी हुने रोजगारी प्राप्त हुनेछ । अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । अभिभावकहरूसँग वैचारिक द्वन्द्व सिर्जना हुनेछ भने आफ्ना कमजोरीप्रति उनीहरूको गुनासो बढ्न सक्छ । शुभचिन्तकहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ ।

वृश्चिक 

पारिवारिक सरसल्लाहमा दुविधा सिर्जना हुनसक्छ । नगद सापटी लिएका मित्रले समयमा वचन पूरा नगर्दा आर्थिक समस्यामा परिनेछ । साथीहरूसँग मनोरञ्जनमा संलग्न हुँदा स्वास्थ्यसम्बन्धी समस्याले सताउला । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

धनु  

कार्य सञ्चालनमा आईलागेका बाधाहरू फुकुवा हुनेछन् । आफूले गरेका प्रयत्न परिणाममुखी सावित होलान् । मन पराउने साथीले दोहोरो मनस्थितिका कारण मन खोलेर कुरा गर्न सकेका छैनन् । सरोकार नभएको कार्यले फजुल खर्च बढाउनेछ । भैतिक साधन खरिद गर्ने अवसर जुट्नेछ । कुनै पनि निर्णय गर्न ढिलाइ नगर्नुहोला ।

मकर 

नयाँ किसिमको योजना तर्जुमामा समय खर्चनुपर्ने अवस्था छ । धन प्राप्तिका निम्ति पेसा–व्यवसाय एवं स्थान परिवर्तन हुनसक्छ । आफ्नो सामथ्र्य बिर्सिएर अर्काको देखासिकी गर्न खोज्दा ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ ।

कुम्भ 

साझेदारीमा थालिएको कार्यले फाइदा पुर्‍याउदै अन्य अवसरको ढोका खोल्नेछ । रोजगारी तथा पदोन्नतिका लागि कडा मेहनत गर्नुपर्ला । नयाँ स्थानको भ्रमणका कारण खर्च वृद्धि हुने भएकाले आवश्यक खर्चको जोहो गर्नुपर्नेछ । सेतो रंगको प्रयोगबाट थप उपलब्धि हात पार्न सकिन्छ ।

मीन 

मुनाफा हात पर्ने व्यवसाय सुरुवात गर्न साझेदारहरूबीच मत मिल्नेछ । लगानी गरेअनुरूप भविष्यका निम्ति जग बस्नेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुहोला । मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुन सक्छ । मंगलबारपछिका दिनहरूमा पूण्य आर्जन गर्न सकिनेछ । जुस तथा पहेंला फलफूलको सेवनमा विशेष जोड दिनुहोला ।

 


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...