Tuesday 17th February 2026

कुमारित्व भंग नगरी विवाह गर्न नपाइने देश माइक्रोनेसिया


तितोपाटी – संसारका हरेक देशका आ–आफ्नै रीति–परम्परा हुन्छन् । कुनै पनि देशको परम्परा अर्को देशका नागरिकका लागि नौलो या अनौठो लाग्न सक्छ । तर, कतिपय देशको परम्परा घोर आश्चर्य लाग्ने प्रकारको हुन्छ । जस्तो कि अमेरिकास्थित प्रशान्त महासागरीय पश्चिमी इलाकामा रहेको माइक्रोनेसियाको एउटा परम्परालाई उदाहरणको रूपमा लिन सकिन्छ ।

उक्त स्थानमा गुआम भनिने जनजातिको बसोवास छ, जहाँ विवाहसम्बन्धी अचम्मलाग्दो परम्परा चलिआएको छ । विश्वका सबैजसो मुलुक या स्थानमा बिहेअघि महिलाको कुमारीत्व गुम्नुलाई उचित मानिँदैन । कतिपय मुलुकमा त कुमारीत्व गुमाउनुलाई अपराधकै रूपमा लिइन्छ । तर, माइक्रोनेसियामा भने कुमारी रहेरै बिहे गरेमा त्यसलाई अपराध ठानिन्छ । यहाँ कुनै पनि पुरुषले कुमारी युवतीसँग विवाह गर्दैन । यदि कुनै युवतीले झुक्याएर कुमारी अवस्थामै बिहे गरेमा त्यसलाई अपराध मानिन्छ ।

त्यसैले विवाहअघि परपुरुषसँग यौनसम्बन्ध राख्नु कुमारी युवतीका लागि त्यहाँ अनिवार्य छ । यो कार्यको लागि ‘सेक्स वर्कर’को सहयोग लिने गर्छन् कुमारी युवतीहरू । त्यसबापत सेक्स वर्कर पुरुषले महिलाको तर्फबाट रकम प्राप्त गर्छन् । विवाहपछि हुने यौन क्रियाकलापबारे पहिले नै जानकार बन्नु उपयुक्त हुने सोचका आधारमा त्यहाँ यस्तो परम्परा चलेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...