Tuesday 17th February 2026

बाबुको शव कफिनमा होइन बिएमडब्लुमा राखेर गाडियो


तितोपाटी – नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर (९७ लाख रुपैयाँ) पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ ।

अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले आफ्ना वृद्ध बुवाको अन्तिम यात्रालाई सहज बनाउनका लागि विलासी गाडी खरिद गर्ने सोच बनाए । त्यसकारण यसका लागि उनले बीएमडब्ल्यू एक्सफाइभ किने, बुवाको शवलाई त्यसभित्र राखे र ६ फिट गहिरो चिहान खनेर गाउँ नजिकै पुरे । शव राखिएको कारलाई पुर्न लागेको तस्बिर अनलाइनमा भाइरल भएपछि यसले विवाद निम्त्याएको छ ।

कोही मानिसले ती व्यक्तिले आफ्नो बुवालाई अन्तिम अवस्थामा दिएको सम्मानको कदर गरेका छन् भने धेरैजसो फेसबुक प्रयोगकर्ता भने उनीसँग रिसाएका छन् । उनीहरुले मृतकको मजाक उडाएको भन्दै कार किन्ने पैसाले गाउँको विकास गरेको भए हुन्थ्यो भनी टिप्पणी गरिरहेका छन् ।
‘तपाईंसँग पैसा छ भने आफ्नो अभिभावक जिउँदो हुँदा उनीहरुका लागि कार किन्नुहोस् र सभ्य कफिनमा अन्तिम संस्कार गर्नुहोस् । यो एक मूर्खता र देखावटी हो,’ एक व्यक्तिले लेखे ।

‘त्यो पैसा आवश्यकतामा परेका गाउँलेलाई दिएको भए हुन्थ्यो र कसैले सके त्यो कार पनि लिएर जाउ भन्नुपर्दथ्यो । यस्तो गर्नु अर्थहीन छ । उनको मृत्यु भइसकेको छ । गाउँलेलाई पिउनका लागि राम्रो पानी देउ, ’ अर्का व्यक्तिले थपे ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...