Thursday 12th February 2026

ग्याँस सिलिण्डर पड्केर कोरियामा १ नेपालीको मृत्यु


तितोपाटी – दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मंगलबार भएको औद्योगिक दुर्घटनामा मोरङ बेलबारीका बलकुमार राईको मृत्यु भएको हो ।
दाना पकाउने भाँडामा सोमबार बिहान ग्यास लिक भएर सिलिन्डर पड्किँदा राई घाइते भएका थिए । तुरुन्तै भुसान अस्पताल लगिएका राईलाई राति दुई बजे अस्पतालले मृत घोषणा गरेको उनका साथी सुरेश राजवंशीले जानकारी दिए । राईको शव अस्पतालमै राखिएको छ ।

इपिएसमार्फत तीन वर्षअघि कोरिया आएका ३२ वर्षीय राईको पत्नी र एक छोरा छन् । उक्त कम्पनीमा उनीसहित ६ नेपाली कार्यरत थिए ।

यसअघि जुन १३ तारिखमा यहाँ पोखरा बाझपाटन निवासी बलबहादुर गुरुङ मृत्यु भएको थियो । उनकै शव कोरियामै रहेको छ ।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...