Saturday 31st January 2026

कोसेली समुहको दशाैं वार्षिक उत्सव


तितोपाटी – कोसेली समुह कुवेतको नेपाली समाजमा चिर परिचित एक सँस्था हो  । कोसेली समुहले विगत १० वर्षदेखि कुवेतको नेपाली समाजमा विभिन्न रचनात्मक सामाजिक कार्यहरूको साथमा राहतमुलक, जन-चेतनामुलक, संदेशमुलक विभिन्न कार्यक्रमहरू गर्दै अाएको छ भने सबैभन्दा महत्वपुर्ण काम भनेको यो समुहले अाफ्नै मातहतमा अनलाइन तथा छापा पत्रिका संचालन गरेर कुवेतको नेपाली समाजलार्इ मात्र नभएर स्वदेश तथा विदेशमा रहेका नेपाली दर्शक, श्रोता र पाठकहरूलार्इ स्थानिय तथा देश विदेशका ताजा खबर, सूचना, मनोरञ्जन, खेलकुद लगायतका विभिन्न गतिविधि समेटेर सूचना सम्प्रेषण गरिरहेको ।

मरूभूमिको कोसेली नामक कुवेतबाट प्रकाशित हुने एक मात्र छापा पत्रिका होस वा मध्यपुर्वमा नै सबैभन्दा विश्वासिलो बन्न सफल तितोपाटी डट कम नामको अनलाइन नै किन नहोस अथवा साप्ताहिक खबरहरूको संगालो मरूभूमि हालचाल होस वा साहित्यसर्जकहरूको मनको ढुकढुकी बन्न सकेको मरूभूमि हालचालको साहित्यीक कार्यक्रम नै किन नहोस सबैलार्इ चलायमान गराउने कोसेली समुह नै हो ।

उपरोक्त गतिविधि र कृयाकलाप गर्दै अाएको कोसेली समुहले केही महिना अघि अाफ्नो दशाैं वार्षिक उत्सव समेत मनाएको थियो। अाउनुहोस एक झलक मरूभूमिको कोसेलीले मनाएको १० अाैं वार्षक उत्सवको  पनि दृष्यपान गराैं ।

https://www.youtube.com/watch?v=SAL6IP_deLA


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...