Thursday 22nd January 2026

युएइमा नेपाली महिलाद्वारा अात्महत्या


तितोपाटी – संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी हुन्।

इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा उनका साथीहरुले फेला पारेका थिए ।

कृष्णाले आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेकी उनकै सहपाठी साथीले बताएकी छिन् ।

१७ तारिक बिहान ४ बजे सहकर्मीहरुले आत्महत्या गरेको अवस्थामा फेला पारेको हो । आत्महत्याको कारण खुलेको छैन । यसवारे प्रहरीले अनुसन्धान गरिरहेको छ । परियारको शब स्थानीय अस्पतालमा राखिएको छ । परियारको ७ बर्षिया छोरी छिन् ।

सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...