Thursday 22nd January 2026

नुवाकोट धादिंग रसुवा समाजको अधिबेशन जुलाई २० मा हुने


तितोपाटी- कुवेतमा १५ महिना पहिला गठन भएको नुवाकोट,धादिङ्ग रसुवा समाजले प्रथम ऐतिहासिक अधिबेशन गर्ने भएको छ। कुबेतमा कार्यरत नुवाकोट धादिंग रसुवा जिल्लाबासी नेपाली दाजुभाई दिदि बहिनीको पहलमा सामाजिक सस्था आन्तरिकमा रुपमा १५ महिना पहिला खोलिएको थियो । कुबेतको नेपाली समाजमा बिल्कुलै नयाँ सामाजिक सस्था नुवाकोट, धादिङ, रसुवा समाज कुवेत अधिबेशन संगै कुबेतको नेपाली समाजमा सक्रिय रहने बुझिएको छ । “आपासी एकता उदेश्य,समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नारालाइ आत्म साथ् गर्दै आगामी जुलाइ २० तारीख शुक्रवारका दिन ऐतिहासिक प्रथम अधिबेशन गर्न लागेको अध्यक्ष् राकेश मनाङ्थेन तामाङ ले जानकारी गराएका छन । उक्त अधिबेशन समहरोमा उपस्थितिको लागि नेपाली संघ सस्था समाजसेवी बुद्दिजिबी पत्रकार लगायत सम्पूर्ण कुबेतबासी नेपालीहरुलाई नुवाकोट धादिंग रसुवा समाजले अनुरोध समेत गरेको छ ।
मिति: २० जुलाई २०१८
समय: बिहान १० बजे
स्थान; राजधानी रेस्टुरेन्ट, खैतान

 


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...