Sunday 22nd March 2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको अधिवेशन सम्पन्न, अध्यक्षमा हिमाल अन्जान


बसन्त थापा-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले हिजो २०१८ जुन १४ गते बिहिवारका दिन कुवेतको सिटी फर्वनिया स्थित पार्कमा तेश्रो अधिनेशन सम्पन्न भएको छ।

कार्यक्रम संचालन अमर खड़काले गरेका थीए भने उक्त कार्यक्रम कार्यबाहक मनोज मनसुनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित माधव पौड़ेल, अमर खड़का, अर्जुन बस्नेत, हिमाल अन्जान, लगायतले आ- आफ्ना विचार धारा हरू ब्यक्त गरेका थिए।

पहिलो सत्रको सभापतित्व गरि रहेका मनोज मनसुन काफ्ले ले तिन बर्से कार्यकालका लागि निर्वाचित भएको कार्य समितिले जे जस्ता कार्यहरू गरेपनी अब आउने नेतृत्वले थप प्रभावकारी कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरेका थीए । उक्त कार्यक्रममा बोल्दै मनोजले आफु पनी अबको केहि दिन भित्रमा कुवेतलाई बीट मारी नेपाल फर्किन लागेकोले यहाँ रहनु हुने अग्रज साथी हरूले नयाँ पुस्तालाई वैचारिकता सहितको सिर्जनाका पक्षमा प्रशिक्षित पार्नु पर्ने, अरूलाई आकर्षित गर्ने खालको लेखन, विचार तथा प्रशिक्षण चलाउनु पर्ने आवश्यकता रहेको हुँदा त्यसतर्फ सचेत भएर सङ्गठनका गतिविधि अगाडि बढाउन सफलता मिलोस् भन्ने शुभकामना दिएका थिए।

फर्वनिया पार्कमा समपन्न उक्त कार्यक्रम, कुवेत बसाइलाई बिट मार्दै स्वदेश फर्कन लागेका अर्जुन बस्नेतलाई सम्मान सहित बिदाई गरिएको थियो । उक्त अधिवेशन तथा छलफलमा भावी योजना बारे केही सुझाब प्रस्तुत गरेको र ती सुझाब उपयुक्त भएकाले समेटेर प्रतिवेदन परिष्कार गर्ने निष्कर्ष सहित दुबै प्रतिवेदन पारित गर्दै आगामी दिनमा के कसरी अघाडी बढ़ने भन्ने बिषयमा ख़ाका तयार हूदै गरेको अमर खड़का ले जानकारी दिएका थिए।

अन्तरराष्ट्रीय साहित्यिक समाज कुवेतको नयाँ कार्य समिति यस प्रकार रहेको छ।

(१) संमरक्षण- मनोज मनसुन काफ्ले, राजन रीमाल, होम क्षेत्री/ अर्जुन बहादुर बस्नेत उदासी / सुजन केसी

सल्लाहाकार (२)हरीकृष्ण न्यौपाने घायल, अमर खड़का, माधव पौड़ेल असल यात्री (३)

अध्यक्ष- हिमाल अन्जान (४)उपाध्यक्ष- प्रशाद तिम्सीना (५)महिला उपाध्यक्ष- जानकी जानु दर्लामी (६)महा सचिव – राज श्रेष्ठ (७)सचिव- गगन बिष्ट, सिम्रन मोक्तान तामांग (८) कोषध्यक्ष- नीरूमायाँ खड़का सदस्यहरू (९) अभिनास थापा , मन्जु अन्जना, रोजिना ढूँगाना,उमा पौड़ेल, देवनारायण गिरी, बिमला पण्डित, केदारनाथ खरेल, छबिराम सुनार


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...