Sunday 22nd March 2026

नेपाली जनएकता समाज कुवेतले भव्यरूपमा वार्षिक उत्सव सम्पन्न गर्यो(फोटो फिचर)


बसन्त थापा- नेपाली जनएकता समाज कुवेतले, तेश्रो वार्षिक उत्सव कुवेतको सिटी फर्वनिया स्थित (अल हैतम रेस्टुरेन्ट) को पछाडि युनिक आडिटोरियम हलमा २०१८ जुन १५ का दिन भव्य रूपमा सम्पन्न गरेको छ।

नेपाली राजदूत प्रथम सचिव भोगेन्दर लिंगदेन, नबराज पन्थी रूपेन्द्र हमाल, अमर खड़का, मनोज काफ्ले, लगायतले संयुक्त रुपमा केक काटेर कार्यक्रमको उद्घाटन गरेका थीए।

“एकता नै हाम्रो चाहाना,सेवा नै हाम्रो धर्म हो ” भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेतले कुवेत नगरीमा रहेका संघ संस्थाहरू सँग हातेमालो गर्दै आएको छ भने पारोपकारी कार्यहरूमा पनी उत्तिकै संगलन रहदै आएको छ। समाजका अध्यक्ष मुक्त बहादुर बिकको अध्यक्षता तथा नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्दर लिंगदेनको प्रमुख आतिथ्यतामा सम्पन्न रहेको उक्त कार्यक्रम संचालन माधव पौड़ेलले गरेका थिए भने, स्वागत मन्तव्य यादव रासकोटिले गरेका थिए। सोही कार्यक्रममा सम्पुर्ण उपस्थित प्रमुख अथिति तथा अतिथिहरुलाइ ब्याज र खादा ओडाइ स्वागत गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली दूतावास कुवेत बाट प्रथम सचिव- भोगेन्द्र लिंगदेन, तृतीय सचिब सुरेश अधिकारी, कोसेली न्युज कुवेतका अध्यक्ष- नबराज पन्थी, लुम्बिनी समाज कुवेतका अध्यक्ष- रूपेन्द्र बिक्रम हमाल- सुदुरपश्चिम सेवा समाज कुवेतका- अध्यक्ष अमर खड़का, निरेम प्रोडक्शन बाट – प्रेम जीमी, साहित्यिक सर्जक- मनोज मनसुन काफ्ले, सृजनशील युवा समाज कुवेतका अध्यक्ष- पुष्कर धामी, टैक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष- सुन बहादुर तामांग- लगायत विभिन्न बुद्धीजीवी व्यक्तित्व हरूले आ-आफ्नो शुभकामना मंतव्य राखेका थीए। शुभकामनाकै क्रममा प्रमुख अथिति भोगेन्द्र लिंगदेनले नेपाली जन एकता समाज कुवेतले कुवेतमा रहेर निकै प्रभावकारी भूमिका निभाएको र आगामी दिनहरूमा पनी यसरीनै हरेक नेपाली पीड़ित लाई उद्धार गर्नका लागी यसरीनै अग्रसर रहन तथा सहयोगी मनहरू सम्पूर्णलाई राजदूतको तर्फ बाट धन्यवाद संगै शुभकामना दिएका थीए

भने अमर खड़का र मनोज मनसुनले गजल वाचन गरे संगै, लालीगुरास संस्कृतिक मंच कुवेतका कलाकार बाट र सोही संस्थाका कलाकार हरूले नेपाली पंचे बाजा तथा लोक दोहोरि गीत तथा बिभिन्न साङ्गितिक प्रस्तुती पनि प्रस्तुत गरि उपस्थित सम्पूर्णलाई छम छमी नचाएका थिए।

उक्त कार्यक्रममा समाजले संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरूलाई प्रशंसा पत्र वितरण गरेको थियो, भने सहयोगी संस्थाहरू लाई पनी सम्मान पत्रले सम्मान गरेको थियो। समाजका अध्यक्ष मुक्त बहादुर बिकले कार्यक्रमको अन्तमा यस सस्थाको अधिबेश तथा बिबिध साँस्कृतिक कार्यक्रमलाइ भब्य तथा सभ्य रुपमा सफल बनाउन बिसेष योगदान दिनु हुने स्थानीय कलाकार तथा भौतिक,आर्थिक,नैतिक सहयोग गर्नु हुने सम्पूर्ण बुद्धिजीवी , ब्याबसायी, समाजसेवी , पत्रकार, कलाकार लगायत समस्त नेपालीजनहरुलाइ हार्दिक धन्यबाद संगै कार्यक्रम समापनको घोषणा गरेका थिए।

  


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...