Sunday 22nd March 2026

गजल


सानो छँदा देखेथेँ ठुलै सपना केही गर्छु भनेर

बा-आमाको दुख पिडा जति सबै हर्छु भनेर ।।

बढ्दै गएँ पढ्दै गएँ अनि सफल भए पछि

खोजेँ रोजगार परिवारमा खुसी छर्छु भनेर ।।

राम्रो भन्दा पनि हाम्रोले अवसर पाउँछ भनि

भन्न सकिन उनकै पार्टीको र नाता पर्छु भनेर ।।

सोचेको थिइनँ नातावाद र कृपावादको अघि

विवस हुँदै मातृभुमि छोडि बसाइँ सर्छु भनेर ।।

यो विरानो मुलुकमा ज्यानै जोखिममा पारि

गर्दैछु संघर्ष थाहा छैन कुन बेला मर्छु भनेर ।।

कमला न्यौपाने -झापा हाल भक्तपुर


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...