Thursday 22nd January 2026

मलेसियामा नेपालीद्वारा नेपालीलार्इ नै चक्कु प्रहार


तितोपाटी – मलेसियामा कार्यरत जनकपुर पिराडी चोक ८ का ताहिर हुसेन माथी नेपालीले नै चक्कु प्रहार गरि घाइते बनाएका छन।

अबैधानिक रूपमा मलेसियाको जोहोर राज्यमा काम गर्दै आएका हुसेनलाई गत १ तारीख सर्लाही मलङ्वाका राजेस कुमार राहुत र मिर्चैयाका जितेन्द्र यादवले ज्यान लिने उदेश्य सहित आक्रमण गरेको पीडित हुसेनले बताएका छन।

एउटै कोठामा खाने बस्ने साथीहरूले घरमा समस्या पर्यो भनी आफू सङ पैसा लिएको र आफू घर फर्किन लाग्दा उक्त रकम मागे पछी नजिकैको चौरमा राती भेट्न बोलाएर एक्कासि चक्कु प्रहार गरि घाइते बनाएको हुसेनको भनाइ छ।

चक्कु प्रहार बाट गम्भीर घाइते भएका हुसेनलाई साथीहरूको सहयोगमा अस्पतालमा भर्ना गरिएको छ भने उनको घाटी र कोखमा गहिरो चोट लागेको छ । घटना बारे मलेसिया स्थित नेपाली दुतावासलाई जानकारी गराइसकेको र केही दिनमा आफू नेपाल फर्कने तयारी रहेको हुसेनले बताएका छन।

-एभरेष्टदैनिक बाट


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...