Sunday 22nd March 2026

मलेसियामा नेपालीद्वारा नेपालीलार्इ नै चक्कु प्रहार


तितोपाटी – मलेसियामा कार्यरत जनकपुर पिराडी चोक ८ का ताहिर हुसेन माथी नेपालीले नै चक्कु प्रहार गरि घाइते बनाएका छन।

अबैधानिक रूपमा मलेसियाको जोहोर राज्यमा काम गर्दै आएका हुसेनलाई गत १ तारीख सर्लाही मलङ्वाका राजेस कुमार राहुत र मिर्चैयाका जितेन्द्र यादवले ज्यान लिने उदेश्य सहित आक्रमण गरेको पीडित हुसेनले बताएका छन।

एउटै कोठामा खाने बस्ने साथीहरूले घरमा समस्या पर्यो भनी आफू सङ पैसा लिएको र आफू घर फर्किन लाग्दा उक्त रकम मागे पछी नजिकैको चौरमा राती भेट्न बोलाएर एक्कासि चक्कु प्रहार गरि घाइते बनाएको हुसेनको भनाइ छ।

चक्कु प्रहार बाट गम्भीर घाइते भएका हुसेनलाई साथीहरूको सहयोगमा अस्पतालमा भर्ना गरिएको छ भने उनको घाटी र कोखमा गहिरो चोट लागेको छ । घटना बारे मलेसिया स्थित नेपाली दुतावासलाई जानकारी गराइसकेको र केही दिनमा आफू नेपाल फर्कने तयारी रहेको हुसेनले बताएका छन।

-एभरेष्टदैनिक बाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...