Monday 12th January 2026

केटासँग गफ गर्दागर्दै आमालाई देखेपछि भागेकी युवतीको छतबाट लडेर मृत्यु


एउटै घरमासँगसँगै डेरा गरेर बस्ने केटासँग गफ गर्दैगर्दा आमा अाइपुगेपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी युवतीको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका १३ स्थित एउटै घरमा डेरा गरी बसेकी भारत जडियाकी १६ वर्षीया कमला यादव शुक्रबार सिरहा घर भएका १७ वर्षीय मुकेश पासवानसँग गफ गर्दै थिइन्। त्यही बेला उनले आमा देखिन्। आमाले उनलाई देखेर्कै थिइनन्। आमाले नदेख्दै भाग्ने क्रममा लडेर गम्भीर घाइते भएकी कमलाको शनिबार उपचारका क्रममा निधन भएको हो।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार घरको छतबाट खसेर घाइते भएकी कमलालाई उपचारका लागि कोसी अञ्चल अस्पताल भर्ना गरिएको थियो। शनिबार राति उनको अस्पतालमै मृत्यु भएको हो।

प्रहरीले कमलासँग गफ गर्ने पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...