Tuesday 23rd December 2025

घर घडेरी किन्ने देवेन्द्रको सपना अधुरै


मोरङ बेलबारीका देबेन्द्र बिश्वकर्मा डेढ महिना अघि मात्रै बैदेशिक रोजगारीका क्रममा साउदी गएका थिए । बिश्वकर्मा कृषिमा काम गर्ने उद्धेश्यका साथ बिदेश गएका थिए । डेढ महिना सम्म काम गर्दा समेत भनेजति तलव तथा सेवा सुबिधा नपाएपछि बिच्लीमा परेको भन्दै उनका आफन्तले बेलबारी नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका छन ।
स्काइ मेनपावर मार्फत साउदी गएका बिश्वकर्मालाई मेनपावर कम्पनीले भने जति रकम नदिएको भन्दै देबेन्द्रकी श्रीमती वादल बिश्वकर्माले उजुरी दिएकी हुन । ८ सय दिराम तलव तथा खानाको २ सय दिराम दिने भनेर श्रीमानलाई बिदेश पठाएको तर भने जति तलब भत्ता त के खाना समेत नदिने गरेको श्रीमती वादलको भनाई रहेको छ ।
काम गरेको डेढ महिना सम्म पनि तलब ५ सय दिराम मात्रै दिएको उनका आफन्तले काम गरेको डेढ महिना सम्म हुदा पनि तलब ५ सय बिराम मात्रै दिएको उनले आरोप लगाएकी छिन ।
कम्पनीमा मालिकले दैनिक कुटपिट गर्छ भन्दै श्रीमाले फोन गर्नुहुन्छ यता म्यानपावरलाई भन्यो भने धम्काउने गरेको बादलले गुनासो गरिन । यता म्यानपावर कम्पनीले भने गएर काम गर्न थाल्दा नै बिश्वकर्माले तलब मागेको बताएका छन । बेलबारी नगरपालिकाको न्यायिक समितले दुबै पक्षलाई छलफलामा बोलाएर बिश्वकर्मालाइ नेपालमा ल्याउने सहमति गराएको न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर ढाका कुमारी पराजुलीले बताईन ।


सम्बन्धित शीर्षकहरु

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

प्रतिकृयाहरू
...