Sunday 22nd March 2026

घर घडेरी किन्ने देवेन्द्रको सपना अधुरै


मोरङ बेलबारीका देबेन्द्र बिश्वकर्मा डेढ महिना अघि मात्रै बैदेशिक रोजगारीका क्रममा साउदी गएका थिए । बिश्वकर्मा कृषिमा काम गर्ने उद्धेश्यका साथ बिदेश गएका थिए । डेढ महिना सम्म काम गर्दा समेत भनेजति तलव तथा सेवा सुबिधा नपाएपछि बिच्लीमा परेको भन्दै उनका आफन्तले बेलबारी नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका छन ।
स्काइ मेनपावर मार्फत साउदी गएका बिश्वकर्मालाई मेनपावर कम्पनीले भने जति रकम नदिएको भन्दै देबेन्द्रकी श्रीमती वादल बिश्वकर्माले उजुरी दिएकी हुन । ८ सय दिराम तलव तथा खानाको २ सय दिराम दिने भनेर श्रीमानलाई बिदेश पठाएको तर भने जति तलब भत्ता त के खाना समेत नदिने गरेको श्रीमती वादलको भनाई रहेको छ ।
काम गरेको डेढ महिना सम्म पनि तलब ५ सय दिराम मात्रै दिएको उनका आफन्तले काम गरेको डेढ महिना सम्म हुदा पनि तलब ५ सय बिराम मात्रै दिएको उनले आरोप लगाएकी छिन ।
कम्पनीमा मालिकले दैनिक कुटपिट गर्छ भन्दै श्रीमाले फोन गर्नुहुन्छ यता म्यानपावरलाई भन्यो भने धम्काउने गरेको बादलले गुनासो गरिन । यता म्यानपावर कम्पनीले भने गएर काम गर्न थाल्दा नै बिश्वकर्माले तलब मागेको बताएका छन । बेलबारी नगरपालिकाको न्यायिक समितले दुबै पक्षलाई छलफलामा बोलाएर बिश्वकर्मालाइ नेपालमा ल्याउने सहमति गराएको न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर ढाका कुमारी पराजुलीले बताईन ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...