Friday 20th March 2026

‘चीँ मुसी चीँ’ को “तिमीले माग्छाै भने” रिलिज


तितोपाटी – नेपाली चलचित्र ‘चीँ मुसी चीँ’ को पहिलो गीत रिलिज गरिएको छ। कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईंको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा चलचित्रका दुई लिड कलाकार सुनील क्षेत्री र अलिशा शर्मा फिचरिङ छन्। यी दुईको यो डेब्यु फिल्म हो। गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन्।

म्युजिकल थ्रीलर जनरमा निर्मित चलचित्रको निर्देशक दिनेश श्रेष्ठले गरेका हुन्। अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता शिवराज कार्की छन्। डीआईडी सिजन ४ को टप १० मा समेत पर्न सफल सुनिलले ‘चीँ मुसी चीँ’ को कथाले आफूलाई आकर्षित गरेको बताए। चर्चित नृत्यांगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका निर्वाह गर्न पाएको बताइन्।

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालगायतका कलाकारको अभिनय रहेको फिल्ममा सुनील क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ। वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन्।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...