Thursday 2nd July 2026

वैदेशिक रोजगारीबाट फर्कनेले कर तिरेर १०० ग्राम सम्म काँचो सुन लान पाइने


तितोपाटी – अर्थमन्त्रीले बजेट वक्तव्य पढेसँगै केही अनलाइनहरुले विदेशबाट फर्किएका नेपाली यात्रुहरुले १०० ग्रामसम्म सुन ल्याउन पाउने र त्यसमा करसमेत नलाग्ने समाचार लेखे। यस्तो समाचार पढ्नेहरु भ्रममा नपरुन्। विदेशबाट करै नतिरी सुन ल्याउन अहिलेको बजेटले छुट दिएको छैन।

पहिलेभन्दा अहिले के फरक मात्र गरिएको हो भने पहिले अर्थात् २०७३ साउन १ गतेदेखि विदेशबाट नेपाल आउने नेपाली, गैरआवासीय नेपाली वा विदेशी कुनै पनि यात्रुले काँचो सुन तथा चाँदी ल्याउन पाउँदैन थिए। गहना चाहिँ ल्याउन पाउँथे। तर काँचो सुन महसूल तिरेर पनि ल्याउन पाउँदैन थिए। ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुने व्यवस्था थियो।

यो थाहा नपाएर विदेशबाट फर्किएका धेरै नेपालीहरु फँसे। धेरैलाई तस्करहरुले भरिया बनाएर पठाएका थिए। धेरै यात्रुहरुले यो व्यवस्थाबाट दुःख पाएका थिए।

अब अहिलेको बजेटले भने विदेशबाट फर्किने बेलामा १०० ग्रामसम्मको सुन ल्याउन पाउने व्यवस्था गरेको हो। तर महसूल तिरेर। महसूल नतिरी भनिएको छैन।
१०० ग्राम काँचो सुन लैजाँदा महशुल कति तिर्न पर्ला त ?

यसमा लेखिए अनुसार दुई वटा दर हुन्छन्- ५० ग्रामसम्म ल्यायो भने प्रति दश ग्राम ५२०० रुपैयाँ। ५० ग्रामभन्दा माथि ल्यायो भने प्रति दश ग्रामको ६२०० रुपैयाँ।

अर्थात् ५० ग्राम काँचो सुन कसैले विदेशबाट ल्यायो भने ५२००X५‍‌ = २६००० अर्थात् २६ हजार रुपैयाँ महसूल लाग्नेछ। १०० ग्राम ल्यायो भने चाहिँ बाँकी ५० ग्राममा प्रति दश ग्राम ६२०० को दरले ६२००X५ = ३१००० लाग्नेछ।

मतलब १०० ग्राम ल्याउँदा २६००० रु ‌+ ३१००० रु ‍= ५७००० अर्थात् ५७ हजार रुपैयाँ महसूल लाग्छ।

यसको मतलब अहिलेकै हाराहारीमा हिसाब गर्ने हो भने पनि १०० ग्राम भनेको साँढे ८ तोला बराबरको काँचो सुन लैजाँदा करिब १ तोला बराबरको भन्सार नै तिर्नुपर्ने हुनछ । यस हिसाबले हेर्दा विदेशबाट सुन लैजान भन्दा नेपालमै सुन किनेर गरगहना बनाउदा उपयुक्त देखिन्छ ।

 


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...