Wednesday 2nd September 2026

अस्ट्राजेनेकाले कोरोना विरूद्धको खोप बन्द गर्ने


बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ–नयाँ ‘भेरिअन्ट’ देखिन थालेसँगै माग पनि नयाँ तथा अद्यावधिक खोपतर्फ सरेकोले अस्ट्राजेनेकाले बजारबाट कोभिड खोप फिर्ता लिन लागिएको बताएको हो ।

व्यवसायिक कारणले खोप बजारबाट निकाल्न लागिएको बताउँदै साइड इफेक्टका कारण खोप बन्द गर्ने निर्णय नभएको कम्पनीले दाबी गरेको छ ।

अस्ट्राजेनेकाले २०२० मा अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भ्याक्सिन बनाएको थियो । दशाैं वर्ष लगाएर विकसित गरिने खोपलाइ कम्पनीले कोरोना महामारीको समयमा छोटो समयमा तयार पारेको थियो ।

अस्ट्राजेनेकामाथि खोपका कारण धेरै मानिसको मृत्यु भएको आरोप लगाइएको छ । यसले रगतसम्बन्धी केही दुर्लभ तथा घातक समस्या पनि निम्त्याएको बताइन्छ। अस्ट्राजेनेकामाथि मुद्दा दायर गरेका कतिपय व्यक्तिहरूले आफ्ना आफन्त गुमाउनुपरेको बताएका छन् भने अरू केहीले खोपले गम्भीर चोट पुर्‍याएको दाबी गरेका छन्। यो औषधी उत्पादकले अहिले आफ्नो कोभिड खोपबारे कैयौँ मुद्दा खेपिरहेको छ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...