नयाँ दिल्ली: भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले विश्व शान्ति, आर्थिक सहयोग र अन्तर्राष्ट्रिय व्यापारलाई मजबुत बनाउने विषयमा विशेष जोड दिएका छन्। सम्मेलनपछि जारी ‘नयाँ दिल्ली घोषणापत्र’मा विश्वका विभिन्न क्षेत्रमा बढिरहेका द्वन्द्व र तनावलाई वार्ता तथा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उल्लेख गरिएको छ। शान्तिका लागि…
युक्रेन र पोल्यान्डको सीमाना नजिक याहोडिन क्षेत्रमा रूसी ड्रोनले रेलको इन्जिनमा आक्रमण गरेको छ। आक्रमणमा कुनै मानवीय क्षति नभएको र सबै यात्रुलाई समयमै सुरक्षित स्थानमा सारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमण हुनुअघि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायत युरोपेली अधिकारीहरू चढेको विशेष कूटनीतिक रेल त्यहाँबाट निस्केर पोल्यान्ड प्रवेश गरिसकेको थियो।…
गरिबको घरमात्र देख्नेहरूलाई भनिदेऊ, खोलाको धारमाथि बनेका महल पनि हेरिदेऊ। सरकारी जमिन ओगटेर बसेका बस्तीलाई, नियमको ऐना देखाई सत्यको मुख हेरिदेऊ। हिजोको घाउ देखाएर आजलाई दोष दिनेहरू, आफ्नै इतिहासको पाना पल्टाई हेरिदेऊ। बाढीले बगाएको घरको पीडा बुझ्नैपर्छ, राहत लिएर पुगेका ती हात पनि हेरिदेऊ। कमजोरी भेटिए प्रश्न गर, औँला पनि…
जय आले, १३ सेप्टेम्बर २०२६, कुवेत - कुवेतमा पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा आगामी २० नोभेम्बर २०२६, शुक्रबार “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर–नेपाली फुटबल टुर्नामेन्ट २०२६” आयोजना हुने भएको छ। लामो समयदेखि कुवेतमा फुटबल प्रतियोगिता आयोजना नभएको अवस्थामा क्लवले यसपटक गोल्ड कप आयोजना गर्ने निर्णय गरेको हो। जसबाट…
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा जिप चालक सुन्दर खड्का मगर र १६ वर्षीया प्रेमकला पुन रहेका छन्। प्रहरीका अनुसार कोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप सडकबाट करिब ५० मिटर…
स्वीडेनमा आइतबार आम निर्वाचनका लागि मतदान भएको छ। यस चुनावमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डर्सन नेतृत्वको विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मतदानपछि एन्डर्सनले स्वीडेनी जनताले देशको भविष्य तय गर्ने बताएकी छन्। उनले आफ्नो गठबन्धन विजयी भए जनकल्याणका कार्यक्रम विस्तार गर्ने र महँगीबाट प्रभावित…
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार बिहान हर्मुज जलडमरूमध्यस्थित क़ेश्म टापु नजिक एक इरानी मालवाहक जहाजमाथि आक्रमण हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। इरानको सरकारी समाचार संस्था आईआरएनएले क़ेश्मका गभर्नरलाई उद्धृत गर्दै आक्रमणमा "आतंकवादी शत्रु" संलग्न रहेको दाबी गरेको छ। घटनाबारे अमेरिकी सेनाले तत्काल कुनै…
इन्डोनेसियामा २४१ यात्रु बोकेको भिर्गो ट्रान्सपोर्ट ८ नामक जहाज जाभा सागरमा यात्रा गरिरहेका बेला खराब माैसमका सम्पर्कविहीन भएको छ। यो जहाज पूर्वी जाभाको सुराबाया शहरबाट दक्षिण कालिमान्तानको बान्जारमासिन तर्फ जाँदै थियो। यात्रा क्रममा जहाजसँगको सञ्चार सम्पर्क अचानक टुटेको बताइएको छ। अधिकारीहरूका अनुसार जहाजको अन्तिम स्थान बान्जारमासिन बन्दरगाहबाट करिब १४८ किलोमिटर…
खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। मञ्चका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा कुवेतको साल्मियास्थित एसियन चुला नेपाली रेष्टुरेन्टमा सम्पन्न मासिक बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय सर्वसम्मत रूपमा पारित…
दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार राति भएको हो। आगलागी हुँदा वृद्धाश्रमभित्र २६ जना रहेका थिए। तीमध्ये १० जनालाई सुरक्षित उद्धार गरी अस्पताल पठाइएको छ। आगलागीको कारण अझै खुल्न नसकेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको…
![]()