Sunday 25th October 2026
ट्रेन्डिङ
Image

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले ‘आर्टिस्ट अफ द इयर’ सहित ७ अवार्ड जितिन् भने टेलर स्विफ्टले ‘भिडियो अफ द इयर’ लगायत प्रमुख पुरस्कार हात पारिन्। दक्षिण कोरियाली ब्यान्ड बीटीएस ले ‘स्विम’ गीतबाट ‘सङ अफ द…

Image

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छिन्। जिल्ला प्रशासन कार्यालयका अनुसार ६१ घर तथा गोठ बगेका छन् र ५१ घरमा आंशिक क्षति पुगेको छ। बाढीले गलकोट–९ को…

Image

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए पनि तालजस्तै अवस्था कायम रहेको छ। तालको बहाव सञ्चालन गर्न एक्साभेटर प्रयोग गरेर काम भइरहेको छ भने इन्धन नेपाली सेनाको हेलिकोप्टरमार्फत पुर्‍याइएको छ। स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जोखिम…

Image

भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा सन् २०२८ मा हुने सिंहस्थ कुम्भ मेलाका लागि सडक फराकिलो बनाउने क्रममा शाही मस्जिदको केही भाग भत्काइएको छ। पूर्ण रूपमा मस्जिद भत्काइने डरका कारण स्थानीय मुस्लिम समुदायले आफैंले मस्जिदको बाहिरी भाग हटाउन सहयोग गरेका छन्। मस्जिद व्यवस्थापन समितिले प्रशासनसँग छलफल गरेपछि सडकतर्फको करिब तीन फिट…

Image

रुसले युक्रेनको राजधानी कीभ र वरपरका क्षेत्रमा राति ड्रोन र मिसाइल आक्रमण गर्दा एक बालकसहित कम्तीमा ३ जनाको मृत्यु भएको छ। साथै ७ जना घाइते भएका छन्। आक्रमणका कारण केही घर, पसल र गोदाममा आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा राहत कार्य जारी राखेको…

Image

अमेरिकी सेनाले इराकमा रहेका आफ्ना अन्तिम सैनिक अड्डाहरूबाट फिर्ता भएपछि त्यहाँ सुरक्षा शून्यता सिर्जना हुने चिन्ता बढेको छ। विश्लेषकहरूका अनुसार यसले इरान समर्थित सशस्त्र समूहहरूलाई थप बलियो बनाउन सक्छ भने इस्लामिक स्टेट (आईएस) लाई पुनः संगठित हुने अवसर मिल्न सक्छ। यो फिर्ती सन् २०२4 मा भएको सम्झौताअनुसार गरिएको हो। अमेरिकी…

Image

पेरुको एक नौसेना सञ्चालित विद्यालयमा १६ वर्षीय छात्रमाथि सहपाठीहरूले सामूहिक यौन दुर्व्यवहार गरेको आरोप लागेपछि देशभर आक्रोश फैलिएको छ। घटनाको अनुसन्धान भइरहेको छ र १० जना किशोरहरूलाई पक्राउ गरिएकोमा ६ जनालाई मुद्दा चल्दासम्म हिरासतमा राख्न अदालतले आदेश दिएको छ। शिक्षा मन्त्रालयका अनुसार सन् २०२६ को पहिलो आठ महिनामा विद्यालयमा विद्यार्थीबीच…

Image

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि पुनः परिवारको जिम्मा लगाएको घटनाप्रति सर्वोच्च अदालत बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्यका रूपमा स्थापित गरेको उल्लेख गर्दै न्यायिक…

Image

तिमी बोल्दैनौ,
 तर साँझको बतासले
 तिम्रो खबर ल्याइरहन्छ। 
झ्यालको पर्दा हल्लिँदा 
लाग्छ,
कसैले मेरो नाम 
बिस्तारै उच्चारण गर्‍यो। आकाशभरि तारा छन्,
 तर मेरा आँखाले
 एउटै उज्यालो खोजिरहन्छन्। सायद त्यो तारा होइन,
 तिम्रो सम्झनाले
 रातको निधारमा राखेको
 सानो उज्यालो हो। हामीबीच
 कुनै वाचा लेखिएको छैन,
 कुनै सम्बन्धको नाम पनि छैन।
 तर किन…

Image

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय लागू भएमा त्यहाँ कार्यरत करिब ४ लाख नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। हाल १७ सय रिंगेट बराबर करिब ६३ हजार नेपाली रुपैयाँ हुन्छ भने २ हजार रिंगेट पुगेमा मासिक…