प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको…
संसदबाट अनुमोदित एमसिसी सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै विरोध जनाउँदै आएका ८ राजनीतिक दल र दुई मोर्चाले सोमबार आह्वान गरेको बन्दका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दिनभर झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । विशेषगरी वीरेन्द्रनगरको मुख्य…
जबरजस्ती करणी अभियोगमा सांसद मोहन बानियाँ पक्राउ परेका छन्। नेकपा एमालेका नेता तथा मुगुका सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्। सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले जानकारी दिए। ४० वर्षीया…
राष्ट्रिय जनमोर्चा पार्टी पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनमा नरहने निर्णय गरेको हो। अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताएका छन्। निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्। प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन…
नजिकिदै गरेको स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक पाटी निर्वाचन आयोगमा दर्ता भएका छन् । आगामी वैशाखमा हुने स्थानीय निर्बाचनको मध्ये नजर राख्दै निर्बाचन आयोगले दिएको फागुन १५ गतेभित्रको समयसीमामा ८० राजनीतिक पाटी दर्ता भएका हुन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरुमा जनमत पार्टी, मंगोल नेशनल…
तीतोपाटी डटकम-अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले जनसंघर्षको कार्यक्रम घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि…
तीतोपाटी डटकम-अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा पेस गरेको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री शर्माले प्रस्ताव पेस गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । सो प्रस्तावमा ‘कम्प्याक्टको पक्ष…
तीतोपाटी डटकम-मन्त्रिपरिषद्ले अमेरिकी सहयोग परियोजना एमसिसीमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेस गर्ने निर्णय गरेको छ। आइतबार साँझ संसद भवन नयाँ बानेश्वरमै बसेको मन्त्रिपरिषद बैठकले विभिन्न विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा गरेको हो। प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणा पेस गरेका छन्। व्याख्यात्मक घोषणासहित एमसिसी आजै पारित गर्ने…
निक्कै बिबादित बन्न पुगेको अमेरिकन सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका चार दल नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी र जसपा शिर्स नेताको…
![]()