Sunday 11th October 2026

एमसीसी पारितविरुद्ध विप्लव, वैद्यदेखि मोहनविक्रमसम्म आन्दोलनमा, ६ दलद्वारा जनसंघर्षका कार्यक्रम घोषणा


तीतोपाटी डटकम-अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले जनसंघर्षको कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी सम्झौता पारित गरेको भन्दै त्यसविरुद्ध जनसंघर्षको कार्यक्रम घोषणा गरेको हो ।

यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको संवेदनशीलतालाई दृष्टिगत गरी जनसंघर्षको कार्यक्रम घोषणा गरेको भन्दै ६ दलको विज्ञप्तिमा पुरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायतमा अपिल गरिएको छ ।

संघर्षका कार्यक्रमअन्तर्गत फागुन १५ गते बेलुका देशव्यापी मसाल जुलुस निकाल्ने र १६ गते सशक्त नेपाल बन्द गर्ने उल्लेख छ ।

संघर्षमा उत्रिएका पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंहको नेकपा मसाल, मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेकपा, आहुतीको वैकल्पिक समाजवादी कम्युनिस्ट र कर्णजित बुढाथोकीको नेकपा माओवादी समाजवादी रहेका छन् ।

साभार-अन्नपूर्णपोस्ट


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...