रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ। इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन्। बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा…
अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ। ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका-१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य…
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ । विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभव सम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो । उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको…
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन पाउनुपर्ने भन्दै युवाले गरेको प्रदर्शनमाथि प्रहरीले शुक्रबार मध्याह्न बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ । यसअघि, सन् २०२३ मा सिप बिल्डिङका लागि ईपीएस दिइसकेका ३१ हजार युवाले उत्पादन क्षेत्रका लागि पुनः परीक्षा दिन नपाउने भएपछि उनीहरू ललितपुरको बालकुमारीस्थित ईपीएस…
पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ। सडकको लागत २८ अर्ब १७ करोड रुपैयाँ काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७…
कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ। २०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल…
तितोपाटी- काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका…
तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…
तितोपाटी- नक्कली कागज बनाइ भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन्। बुधबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न मितिमा नक्कली कागज बनाइ नेपाली नागरिकलाई विदेश पठाएको आरोप लागेको छ। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले…
नेपालगन्ज बाँकेका एक युवा (एजेन्ट)लाई १३ लाख ५० हजार रुपैयाँ तिरी दुई महिनाअघि रुस पुगेर रुसी सेनामा भर्ती भए । एजेन्टले राम्रो कमाइ हुने प्रलोभन देखाएर त्यहाँ पुगेका उनी भर्ती हुनेबित्तिकै युक्रेनविरुद्धको लडाइँमा होमिएका छन् । यहाँको स्थिति निकै नाजुक रहेको र आफूहरू पनि युद्ध लड्न खटिन लागेको ती युवाले…
![]()