Friday 17th May 2024

एक वर्षमा विदेशिए १६ लाख नेपाली, एक लाख ६३ हजार बसाइँ सरे


नेपालीहरु विदेशिने क्रम अत्याधिक बढेको छ । पहिला पहिला रोजगारीका लागि विदेश जाने नेपालीहरु अहिले बसाइँ नै सर्न थालेका छन् ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपालीहरु विदेशिएका हुन् । जसमध्ये १ लाख ६३ हजार २६४ नेपाली विदेशमा बसाइँ सरेका हुन् । यसरी बसाइँ सर्नेमा ७० हजार ९१५ जना स्थायी बसोबासका लागि र ९२ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेशिएको विभागको तथ्यांक छ ।

त्यस्तै, अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना, घुम्नका लागि २ लाख ४ हजार ५१८ जना, रोजगारीका लागि ८ लाख ८ हजार ४१५ जना विदेशिएका छन् ।

व्यवसाय गर्ने उद्देश्यले १८ हजार ९६४ जना, कन्फरेन्स/सेमिनार/ट्रेनिङमा सहभागी हुनका लागि २४ हजार २६३ जना, स्वास्थ्य उपचारका लागि १९ हजार ५०९ जना, अफिसियल भिसामा १६ हजार १११ जना, रोजगारी पर्मिटमा ८ हजार ८६ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना, युएन मिसनमा ६ हजार ५८ जना, खेल्नका लागि ३ हजार ६५३ जना, कन्सर्ट/साँस्कृतिक कार्यक्रम/इभेन्टका लागि १९ सय ६४ जना र अन्य प्रयोजनका लागि ३२ हजार ३५९ जना नेपाली एक वर्षमा विदेशिएका छन् ।

विदेशिएका मध्ये ३२ जना मात्रै स्वदेश फर्किएको विभागको तथ्यांक छ । सन् २०२३ मा विश्वका २२२ वटा देश र राज्यमा नेपाली पुगेका छन् । सन् २०२३ मा युएईमा मात्रै २ लाख ७१ हजार ८८ नेपाली पुगेका छन् ।

त्यसैगरी, भारतमा १ लाख ८० हजार ६०२ जना, कतारमा १ लाख ७९ हजार ४४१ जना, मलेसियामा १ लाख ६५ हजार २०१ जना, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना, अष्ट्रेलियामा १ लाख ५ हजार ३४३ जना, जापानमा ८२ हजार ७७२ जना, अमेरिकामा ६७ हजार ८१० जना र बेलायतमा ५३ हजार ४०१ जना पुगेका छन् । त्यसबाहेक विश्वका २ सयभन्दा बढी देश र राज्यमा १ जनादेखि ५० हजार जनासम्म पुगेको विभागको तथ्यांक छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...