Sunday 26th July 2026

एक वर्षमा विदेशिए १६ लाख नेपाली, एक लाख ६३ हजार बसाइँ सरे


नेपालीहरु विदेशिने क्रम अत्याधिक बढेको छ । पहिला पहिला रोजगारीका लागि विदेश जाने नेपालीहरु अहिले बसाइँ नै सर्न थालेका छन् ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपालीहरु विदेशिएका हुन् । जसमध्ये १ लाख ६३ हजार २६४ नेपाली विदेशमा बसाइँ सरेका हुन् । यसरी बसाइँ सर्नेमा ७० हजार ९१५ जना स्थायी बसोबासका लागि र ९२ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेशिएको विभागको तथ्यांक छ ।

त्यस्तै, अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना, घुम्नका लागि २ लाख ४ हजार ५१८ जना, रोजगारीका लागि ८ लाख ८ हजार ४१५ जना विदेशिएका छन् ।

व्यवसाय गर्ने उद्देश्यले १८ हजार ९६४ जना, कन्फरेन्स/सेमिनार/ट्रेनिङमा सहभागी हुनका लागि २४ हजार २६३ जना, स्वास्थ्य उपचारका लागि १९ हजार ५०९ जना, अफिसियल भिसामा १६ हजार १११ जना, रोजगारी पर्मिटमा ८ हजार ८६ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना, युएन मिसनमा ६ हजार ५८ जना, खेल्नका लागि ३ हजार ६५३ जना, कन्सर्ट/साँस्कृतिक कार्यक्रम/इभेन्टका लागि १९ सय ६४ जना र अन्य प्रयोजनका लागि ३२ हजार ३५९ जना नेपाली एक वर्षमा विदेशिएका छन् ।

विदेशिएका मध्ये ३२ जना मात्रै स्वदेश फर्किएको विभागको तथ्यांक छ । सन् २०२३ मा विश्वका २२२ वटा देश र राज्यमा नेपाली पुगेका छन् । सन् २०२३ मा युएईमा मात्रै २ लाख ७१ हजार ८८ नेपाली पुगेका छन् ।

त्यसैगरी, भारतमा १ लाख ८० हजार ६०२ जना, कतारमा १ लाख ७९ हजार ४४१ जना, मलेसियामा १ लाख ६५ हजार २०१ जना, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना, अष्ट्रेलियामा १ लाख ५ हजार ३४३ जना, जापानमा ८२ हजार ७७२ जना, अमेरिकामा ६७ हजार ८१० जना र बेलायतमा ५३ हजार ४०१ जना पुगेका छन् । त्यसबाहेक विश्वका २ सयभन्दा बढी देश र राज्यमा १ जनादेखि ५० हजार जनासम्म पुगेको विभागको तथ्यांक छ ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...