आज पौष शुक्ल पूर्णिमा । आज (बिहीबार) देखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत…
नेपालको सार्वजनिक ऋणको २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा भुक्तान बाँकी रहेको सार्वजनिक ऋणको सावाँ ब्याज गरी कूल २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बक्यौता रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । अघिल्लो मङ्सिर मसान्तसम्ममा यस्तो ऋणको तिर्न बाँकी सावाँ ब्याज…
रासस-झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक…
द न्यू योर्क टाइम्स पत्रिकाले सन् २०२४ मा घुम्न सिफरिश गरेका संसारका ५२ गन्तव्यमा नेपालको मुस्ताङ परेको छ। सन् २०२४ मा घुम्नुपर्ने संसारभरका ५२ वटा पर्यटकीय गन्तव्यबारे माघ ६ गतेको अंकमा द न्यू योर्क टाइम्स पत्रिकाले विस्तृतमा लेखेको छ। जसमा नेपालको मुस्ताङ छ। मुस्ताङबारे पत्रकार नोरा वाल्सले लेखेकी हुन्। पञ्चायत…
रासस -म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ। बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो। बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताए। ‘बेनी–३ को मरेक, राखु, वडा नम्बर–४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारको सुरक्षामा बारम्बार त्रुटि भएपछि सरकारले सशस्त्र प्रहरी बललाई सहयोगीका रूपमा खटाएको हो । भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मीले चेकजाँच गर्दै आएका थिए । अर्थ मन्त्रालयले…
आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ। अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए। सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि…
पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गए राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो । ७ जनाको…
नेपालीहरु विदेशिने क्रम अत्याधिक बढेको छ । पहिला पहिला रोजगारीका लागि विदेश जाने नेपालीहरु अहिले बसाइँ नै सर्न थालेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपालीहरु विदेशिएका हुन् । जसमध्ये १ लाख ६३ हजार २६४ नेपाली विदेशमा बसाइँ सरेका हुन् । यसरी बसाइँ…
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ( मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ। वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो। यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी…
![]()