तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट सोमबार पक्राउ परेका हुन् ।अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा…
तितोपाटी- कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेका छन् । उद्धारकर्ताहरुले तीन सय भन्दा बढीलाई जिवितै उद्दार गरेका छन् । रातको समयमा भएको…
तितोपाटी- महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेटी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याई पीडित र…
कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको झगडाले कांग्रेसभित्र पनि समस्या आएको बताएका छन् । उनले अहिले नेकपामा जस्तो झगडा कांग्रेसमा कहिल्यै नभएको दाबी गरे । ‘गिरिजाप्रसाद कोइरालाले राजालाई हटाएर प्रचण्डलाई भारतबाट ल्याएर सत्तामा पुऱ्याए । तर, प्रचण्ड आफैँ राजा हुन अघि सरे, अहिले ओली र प्रचण्ड राजाभन्दा पनि ठूलो राजा हुन…
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका उपलब्धिहरुको फेहरिस्त प्रस्तुत गर्ने क्रममा विगत तीन वर्षको अवधिमा कुल ८९ वटा नयाँ कानुन निर्माण भएको र संविधानसम्मत नभएका सयौं कानुन संशोधन गरिएको जिकिर गरेका छन् । सोमबार सिंहदरवारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अवधिमा कानुन निर्माणमा…
सत्तारुढ नेकपाको विवाद समाधानको उपाय सुझाउने जिम्मेवारी पाएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न पाँचवटा विकल्पसहितको प्रतिवेदन तयार पारेका छन् ।अध्यादेशमार्फत निर्वाचन आयुक्त बनेका भण्डारीले तयार पारेका पाँच विकल्पहरुमा नेकपाको नाम र चुनावचिन्ह खारेज गर्नेदेखि अध्यादेश ल्याउनेसम्म छन् । बरिष्ठ अधिवक्तासमेत रहेका आयुक्त भण्डारीले संविधान, कानून, नियमावलीहरुको अध्ययन गर्नुका साथै विज्ञहरुसँग…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताउएका छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उनले ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र…
तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले उहिलेका राजामहाजाको जस्तो नक्कल गरिरहेको टिप्पणी गरेका छन् । तर ओलीले प्रतिगमनको बाटो पक्रिसकेको भन्दै प्रचण्डले उनले हारिसकेको बताए । सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै…
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३५ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक…
तितोपाटी- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताएका छन् । विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताएका छन् । उनले आर्थिक स्रोत साधनका कारण…
![]()