Saturday 21st March 2026
नेपालको समाचार
Image

‘भद्र’ र ‘रुपसी’लाई मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । अब चीनबाट आउने विशेष जहाजमा चढाएर गैंडालाई चीन लगिनेछ । २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । त्यसको दुई वर्षपछि बिहीबार एकजोडी गैंडा चीनलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले…

Image

भक्तपुरमा बाढीपहिरोले तीन जनाको मृत्यु भएको छ । पहिरोले टहरा भत्काएपछि एकैघरका तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । वृद्ववृद्वा र नातिनीको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । वृद्ववृद्वाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम ठेगान खुल्न नसकेको…

Image

तितोपाटी - बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको…

Image

तितोपाटी - गातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् । त्यसैगरी भक्तपुरको…

Image

तितोपाटी - गए राति परेको भीषण वर्षाका कारण उपत्यकाकाे हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । डुबानमा परेका बस्तीका नागरिकको उद्दारका लागि नेपाली सेनाको टोली परिचालित भएको छ। बाढीका…

Image

तितोपाटी - भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला घर भत्किएर च्यापिँदा हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।  वृद्ववृद्वाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा…

Image

तितोपाटी - सुन तस्करीबारे अनुसन्धान गरिरहेको सरकारी समितिले पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हिन्दु साप्ताहिक सञ्चार संस्थाको तर्फबाट सूचना विभागको पत्रकार परिचय–पत्र बोकेका अधिकारीलाई काठमाडौं प्रहरी परिसरले बरामद गरेको ३ केजी सुन प्रकरणमा पक्राउ गरिएको बताइएको छ । यसअघि १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ परेका…

Image

तितोपाटी - केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ आएको बाढी पहिरोका कारण ५० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञाप्ति निकाल्दै बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएको उल्लेख छ । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले विज्ञाप्ति मार्फत जनाएको छ…

Image

तितोपाटी - सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका…

Image

छोराको हत्यारालाई कारवाही गनुपर्ने माग गर्दै अनसन बसेकी गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु सोमबार गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए । उनीहरुले अनसन तोड्न आग्रह गरेपनि गंगामायाले सरकारको आग्रह अस्वीकार गरेकी छन् ।…