Sunday 8th February 2026
नेपालको समाचार
Image

तितोपाटी- एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ लैनचौर बस्ने वर्ष २६ को भरत खड्का रहेका छन् । खड्कामाथि काठमाडौँ गल्फुटार बस्ने क्रिपा लिम्बु, उर्मिला चौधरी र गोमा विश्‍वकर्मालगायतलाई एयर होस्टेजको जागिर लगाइदिन्छु…

Image

लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै बधाई दिएकामा आलोचित बनेका प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन् । मोदीले आफ्नो सपथमा सार्क र विम्स्टेक राष्ट्रका सरकार प्रमुखलाई निम्त्याउने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई मोदीको सपथको निम्तो प्राप्त…

Image

तितोपाटी- पोखरा भ्यु पोइन्टका प्रेम प्रसाद सुवेदी वि.स. २०५५ मा कतार गएका थिए। त्यहाँ १९ वर्ष काम गर्दा होटलको वेटर देखि म्यानेजरसम्म बने। नेपाल फर्किने बेला सम्ममा उनको तलब २ लाखभन्दा बढि भइसकेको थियो। नेपालमा परिवारको आर्थिक अवस्था कमजोर भएकाले विदेश उडेका थिए। लामो समय बस्दिन भन्दा भन्दै पनि १९…

Image

तितोपाटी-वैदेशिक रोजगारीमा जाने सोचमा भएपनि त्यहाँ गर्नुपर्ने कामको बारेमा जानकारी पाउन नेपालमा गाह्रो थियो। एजेन्ट वा अन्य व्यक्तिमा भर परे ठगिने पो हो कि भन्ने डरले गर्दा धेरैलाई के गर्ने भन्ने बारेमा निर्णय गर्न गाह्रो हुन्थ्यो। यही अवस्थालाई ध्यानमा राखेर वैदेशिक रोजगार विभागले काम खोज्न सजिलो बनाउने वेबसाइट संचालनमा ल्याएको…

Image

तितोपाटी - सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको…

Image

तितोपाटी - नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएको छ । लामो समयदेखि सरकारसँगको असहमितमा विभिन्न किसिमका घटना गराउदै आएको विप्लवले आज (जेठ १३ गते सोमबार) गरेको बन्द आह्वानसँगै विभिन्न ठाँउमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका समाचार प्राप्त भएको छ । भक्तपुरमा…

Image

तितोपाटी - राजधानीमा भएका बम बिस्फाेटका घटनामा मृत्यु हुनेकाे संख्या ४ जना पुगेकाे छ। महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार सुकेधाराकाे ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा घाइते भएका ४ मध्ये एक जनाकाे उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेकाे संख्या ४ पुगेकाे हाे। यसअघि साे घटनामा २ जना र अनामनगरस्थित घट्टेकुलाेको एक घरको कोठामा…

Image

तितोपाटी - राजधानीको घट्टेकुलो र सुकेधारामा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। सोमबारका लागि नेत्रविक्रम चन्द समूहले आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेको सिलिन्डर बम पड्किएको हो। आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा…

Image

तितोपाटी- किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गरी मनाएको छ । साकेला उभौली सृष्टिकालदेखि प्रकृति र मानव उत्पत्तिको कथा बोकेको किरात समुदायमा मुन्धुमको महत्वपूर्ण स्थान रहेको छ । मुन्धुम शब्दको अर्थ ‘मु’ भनेको आगो र ‘दुम’ भनेको हिँड्नु हो…

Image

तितोपाटी- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि भोली (आईतबार) विहान त्यसतर्फ प्रस्थान गर्न लागेका छन् । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । उपराष्ट्रपति पुन कतार एयरवेजको…