Friday 6th February 2026
नेपालको समाचार
Image

तितोपाटी - झापाको दमकमा एक थोक कपडा पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ । दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति…

Image

तितोपाटी - रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय परिबन्दले पनि जेल पुगेका छन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या…

Image

तितोपाटी - वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ । नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण…

Image

तितोपाटी - इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चाैधरी फेरी अर्को विवादमा तानिएका छन् । इटहरी १६ स्थित लबिपुर चोकमा बुधबार बिहान स्थानीयले खुला कार्यक्रम आयोजना गरेको यौन क्रियाकलाप न्युनिकरण विषयक कार्यक्रममा अतिथिको रूपबाट बोल्ने क्रममा बोलेका शब्दहरूलाइ लिएर विवादमा तानिएका हुन । सो कार्यक्रममा उनले 'र...डी" शब्द बारम्बार प्रयोग गरे पछि विवादमा…

Image

तितोपाटी - ललितपुरमा २ वटा छुट्टा छुट्टै घटनामा २ जना किशोरीहरूलाइ बन्धक बनाइ बलात्कार गरेको विषय सार्वजनिक भएको छ । प्राप्त समाचार अनुसार १३ र १४ वर्षका दुइ जना किशोरीहरूलाइ छुट्टा छुट्टै ब्यक्तिहरूले बन्धक बनाएर बलात्कार गरेका हुन । प्रहरीका अनुसार गतसाता महानगरीय प्रहरी वृत्त सातोबाटोमा दुई बालिका हराएको निवेदन पर्‍यो। प्रहरीको…

Image

तितोपाटी - मोरङमा १९ वर्षीया एक युवती पारिवारिक नाता भित्रकै दिदीको 'सेटिङ'मा बलात्कृत भएकी छन्। पथरीशनिश्चरे नगरपालिका ५ की २२ वर्षीया अञ्जना थापाले पारिवारिक नाता भित्रकै बहिनीलाई मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्‍याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्ने वातावरण मिलाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईकाअनुसार…

Image

तितोपाटी - प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ। बिहीबार दिउँसो सर्लाहीकै लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखन्देही खोलामा प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको प्रहरी स्रोतले जनायो। विशेष सुराकीका आधारमा गएको प्रहरी गस्ती टोली देखेपछि पौडेल सहितका विप्लव कार्यकर्ता टोलीले गोली प्रहार गरेको र जवाफी कारबाही गर्दा…

Image

तितोपाटी - वैदेशिक रोजगारीका क्रममा सिंगापुर पठाउने भन्दै विभिन्न व्यक्तिबाट ६ करोड भन्दा बढी ठगीमा संलग्न प्रविण पौडेल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विशालनगरस्थित ‘द अप्रेन्टिक फर्म’का सञ्चालक ३४ वर्षीय पौडेललाई हेटौंडाबाट पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लरले गरेको अनुसन्धानले ६ करोड…

Image

तितोपाटी - जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहानआगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पुर्याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएकाे छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो ।…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पु-याउने ठेकेदार कम्पनीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। बुधबार ४५ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे।…