तितोपाटी-सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा भएको एक्लाएक्लै भेटवार्तामा अग्नी सापकोटालाई सभामुख बनाउने सहमति भएको हो । दुई अध्यक्षबीचको सहमतिलाई आजै अपराह्न चार बजेपछि बस्ने नेकपा सचिवालय बैठकले सापकोटालाई…
तितोपाटी-अभद्र व्यवहारमा गायिका आस्था राउतविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।अभद्र व्यवहारमा २५ दिनसम्म…
तितोपाटी-मगर संघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ भने अधिवेशनले मन बहादुर भुजेल मगरको नेतृत्वमा संरक्षक सहितको ६७ सदस्यीय नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ। मगर संघ कुवेतले हिँजो १७ जनवरी २०२० को दिन कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा माघे सक्रान्ती चाडको अबसर पारेर मगर संघका केन्द्रिय महासचिबलाइ…
तितोपाटी- फिल्म ‘लक्का जवान’को शीर्ष गीत मन त मेरो लक्का जवान सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक ‘मन त मेरो लक्का जवान’ बोलको गीतमा डिपी खनालको शब्द, बाबुल गिरीकाे सङ्गीत तथा सङ्गीतकार स्वयं र मिना निरौलाको स्वर सुन्न सकिन्छ। आउँदो चैत २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बुधबार पहिलो गीत सार्वजनिक…
तितोपाटी-सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता…
तितोपाटी-भारतको बहराइचस्थित एक होटलको कोठामा मृत भेटिएका बाँकेको कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंक ऋणको तनावले आत्महत्या गरेको खुलेको छ। ऋण तिर्न नसक्दा बैंकबाट बारम्बार फोन आएपछि तनाव झेल्न नसकेर आत्महत्या गरेको खड्काले आत्महत्याअघि लेखेको नोटमा उल्लेख छ। कोहलपुरका मेयर लुटबहादुर राउतले खड्काले होटलको कोठामा छोडेको 'सुसाइड नोट' मा आफूले…
तितोपाटी-ऋणले अत्तालिएपछि काठमाडौं थानकोटका विनय लामिछानेको चारजनाको परिवार बिहीबार साँझ त्रिशूली नदीमा हेलिएको छ। सामूहिक आत्महत्या गर्न लामिछाने दम्पती दुई छोरासहित धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हेलिएका थिए। नदीमा हाम फालेका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीय जमुना रेग्मी लामिछानेको मृत्यु भएको छ। दुई वर्ष र ६…
तितोपाटी-त्रिभुवन विमानस्थलभित्र दिनहुँ हजारौं यात्रुलाई प्रहरीले चेकजाँच गर्छ। सुन र विभिन्न अवैध सामान ओसारपसार हुने सम्भावनाका कारण प्रहरीले चेकिङ कडा बनाएको छ। विमानस्थलको अन्तिम चेकिङ कक्षमा अझ कडाइ हुन्छ। त्यहाँ मोबाइल, पर्स, झोला, बेल्टलगायत सामाग्री एक्सरे मेसिनद्वारा चेकजाँच गरिन्छ। व्यक्तिलाई पनि चेकिङ कक्षमा लगेर राम्ररी चेकजाँच हुन्छ। बुधबार पनि प्रहरीले…
तितोपाटी-नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामा कुनै पनि सैन्य मामिला नरहेको प्रस्ट पारेको छ । एमसीसीको विषयमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायत अन्य पार्टीका प्रभावकारी नेताहरुबाट विरोध भइरहेको बेला अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गरी परियोजनामा सैन्य संलग्नता नरहेको जनाएको हो…
तितोपाटी-काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ।शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नै…
![]()