Tuesday 13th October 2026

बैंकको ऋण तिर्न नसक्दा वडाध्यक्षले गरे आत्महत्या


तितोपाटी-भारतको बहराइचस्थित एक होटलको कोठामा मृत भेटिएका बाँकेको कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंक ऋणको तनावले आत्महत्या गरेको खुलेको छ।

ऋण तिर्न नसक्दा बैंकबाट बारम्बार फोन आएपछि तनाव झेल्न नसकेर आत्महत्या गरेको खड्काले आत्महत्याअघि लेखेको नोटमा उल्लेख छ। कोहलपुरका मेयर लुटबहादुर राउतले खड्काले होटलको कोठामा छोडेको ‘सुसाइड नोट’ मा आफूले सिद्धार्थ बैंकबाट २१ लाख रुपैयाँ ऋण लिएको र बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरिरहँदा पनि आफूले तिर्न नसकेपछि आत्महत्याको बाटो रोजेको उल्लेख गरेको जानकारी दिए।
नोटमा खड्काले बैंकको ऋण तिर्न आफन्तबाटसमेत कुनै सहयोग नपाएको उल्लेख गरेका छन्। ६८ वर्षीय खड्का बहराइचस्थित शंकर होटलमा पुस २९ गते मृत भेटिएका थिए। नोटमा उनले होटल मालिकलाई कुनै दुःख नदिनसमेत भनेका छन्। खड्का सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ। उनको शुक्रबार बिहान दाहसंस्कार गरिएको छ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

प्रतिकृयाहरू
...