तोयानाथ उपेक्षित - काम पाईनस बुढी पोख्दै उठाउदै भने झै नेपालका नेताहरु पुनः सत्ताको वरिपरी रोएर बसेका छन । कसरी ओली सरकार ढाल्ने र अर्को नेतालाई सत्तारोहण गर्ने भन्ने राजनैतिक जुवाको खाल कहिले बालुवाटार त कहिले खुमलटार अनि कहिले सानेपामा शुरु भएको छ । कोही सत्ता पाएर मात्तिएका छन कोही…
भाग पाएपछि सिटौलाले दिए नाम, ५ आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनीत काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका छन् । पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्ने नेताहरुको नाम नदिएपछि नेता कृष्णप्रसाद सिटौला समूहलाई एउटा विभागको संयोजक दिएर १२ विभागमा आफ्नो समूहका नेतालाई संयोजक बनाएका छन् । …
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्ज्ती मुद्दा दायर गरेका छन्। आफुविरुद्ध झुटो आरोप लगाएको भन्दै शुक्रबार आफ्नो प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। मुद्दा दायर गरेपछि बाँस्कोटाले ट्वीट गरेका छन् ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला…
काठमाडौँ -प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको आलोचना भएको छ ।नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा इन्चार्ज अष्ठलक्ष्मी शाक्ले नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको बताइन् । नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएकी उनले भनिन्, ‘नेतृत्वको कामबाट कार्यकर्तामा विचलन आएको छ…
पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जनकपुर बम विस्फोटका योजनाकारका रूपमा कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका साहलाई विशेष अदालतले पनि दोषी ठहर गरेको हो । भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा उनलाई चार वर्ष कैद र १९ करोड ४४ लाख ३८ हजार नौ सय ८३ रुपैयाँ…
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग…
काठमाडौँ - नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् ।बिहीबार राजधानीमा उक्त अभियानको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको खरेलले बताए । उक्त अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य प्राथमिकता दिने…
तितोपाटी - सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति सार्वाजनिक गरेको छो। एक श्वेतपत्र जारी गर्दै सरकारले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन्। श्वेतपत्र अनुसार नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको…
अजित अधिकारी -नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन । हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा…
काठमाडौं – कोभिड– १९ (नोवल कोरोना भाइरस) को संक्रमण चीनबाट विभिन्न देशमा फैलिरहेको र नेपालमा उच्च जोखिम कायम रहेको स्थितिमा संक्रमण फैलिएको देशबाट नेपाल फर्किनेले घरमै क्वारेनटाइनमा (भिन्नै) बस्नु उचित हुने चिकित्सकले सुझाएका छन्। डिसेम्बर अन्तिम सातादेखि चीनको हुवेइबाट फैलिएको कोरोना संक्रमण चीनबाहिरका देशमा पनि फैलिरहेको अवस्थामा चिकित्सकले यस्तो सुझाव…
![]()