Friday 3rd May 2024

नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो ? : शाक्य


काठमाडौँ -प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको आलोचना भएको छ ।नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा इन्चार्ज अष्ठलक्ष्मी शाक्ले नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको बताइन् ।

नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएकी उनले भनिन्, ‘नेतृत्वको कामबाट कार्यकर्तामा विचलन आएको छ । सचिवालयका ९ जना कमरेडले पार्टी एकतामा कुनै विचलन ल्याउने प्रयत्न गर्नु हुनेछैन । कार्यकर्ताको चित्त दुखाउने गरी अभिव्यक्त दिनु हुनेछैन भन्ने विश्वास छ ।’

उनले नेताहरुले आफ्नो धरातल बिर्सन नहुनेमा जोड दिँदै गणतन्त्रमा पनि नेताहरुमा सामन्ती सोच आर्थिक चलखेल बढेको बताइन् ।

‘हामीले सामन्ती शासन ढाल्यौ, तर हामी किन सामन्ती सोचबाट किन ग्रसित छौँ’, नेतृत्वलाई प्रश्न गर्दै शाक्यले भनिन्, ‘हामी किन गणतन्त्रको नेता बन्न सकिरहेका छैनौं ?पार्टीमा सांस्कृतिक विचलन आएको छ । लेनदेनको चलखेल भएको छ ।’

उनले प्रधानमन्त्री ओलीको जन्मदिनमा केक काटेर राजसी शैली अपनाइएकोमा पनि विरोध गरिन् । उनले केक काटेर जन्मदिन मनाउने मौलिक संस्कार नभएको बताउँदै त्यसमा पनि नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो ? भन्दै प्रश्न गरिन् ।

सोही कार्यक्रममा ओली–प्रचण्डसहित शीर्ष नेताहरुको सहभागिता रहेको छ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...