Wednesday 7th October 2026

नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो ? : शाक्य


काठमाडौँ -प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको आलोचना भएको छ ।नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा इन्चार्ज अष्ठलक्ष्मी शाक्ले नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको बताइन् ।

नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएकी उनले भनिन्, ‘नेतृत्वको कामबाट कार्यकर्तामा विचलन आएको छ । सचिवालयका ९ जना कमरेडले पार्टी एकतामा कुनै विचलन ल्याउने प्रयत्न गर्नु हुनेछैन । कार्यकर्ताको चित्त दुखाउने गरी अभिव्यक्त दिनु हुनेछैन भन्ने विश्वास छ ।’

उनले नेताहरुले आफ्नो धरातल बिर्सन नहुनेमा जोड दिँदै गणतन्त्रमा पनि नेताहरुमा सामन्ती सोच आर्थिक चलखेल बढेको बताइन् ।

‘हामीले सामन्ती शासन ढाल्यौ, तर हामी किन सामन्ती सोचबाट किन ग्रसित छौँ’, नेतृत्वलाई प्रश्न गर्दै शाक्यले भनिन्, ‘हामी किन गणतन्त्रको नेता बन्न सकिरहेका छैनौं ?पार्टीमा सांस्कृतिक विचलन आएको छ । लेनदेनको चलखेल भएको छ ।’

उनले प्रधानमन्त्री ओलीको जन्मदिनमा केक काटेर राजसी शैली अपनाइएकोमा पनि विरोध गरिन् । उनले केक काटेर जन्मदिन मनाउने मौलिक संस्कार नभएको बताउँदै त्यसमा पनि नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो ? भन्दै प्रश्न गरिन् ।

सोही कार्यक्रममा ओली–प्रचण्डसहित शीर्ष नेताहरुको सहभागिता रहेको छ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...