स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडाैंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो। कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगाेल…
रोयटर्स -अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू भएको छ । यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्छ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो।…
अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको १.१५ अर्ब अमेरिकी डलरभन्दा बढीको स्टक ४ फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका छन् । यससँगै उनले आफ्नो सम्पत्ति बाँडफाँडको योजना पनि बाँडेका छन् । लगानीकर्तालाई दिइएको जानकारी अनुसार ९४ वर्षीय बफेटले १६०० बर्कशायर ह्याथवे क्लास ए सेयरलाई २४ लाख क्लास बी सेयरमा…
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। मतगणना जारी रहँदा उनले राष्ट्रपतिका लागि आवश्यक २ सय ७० सिटमा २ सय ७७ सिट आफ्नो पक्षमा पार्दै जित निश्चित गरेका हुन्। ट्रम्पले सानदार र फराकिलो जित निकाल्ने क्रममा केही राज्यको मतगणना बाँकी हुँदै जित आत्मसाथ गरे। कमला ह्यारिसले भने २ सय…
विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ। सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्। निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र…
दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी…
इजरायलको सेनाले इरानी सैन्य निशानामा ‘सटीक हमला’ गरिरहेको बताएको छ । इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै, इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ।’ आइडीएफका प्रवक्ता ड्यानियल हगारी भन्छन् – अक्टोबर…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो। पक्राउ अघि रास्वपा कार्यालय अगाडि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दावी गरेका छन्। उनले राज्यले आफ्नो सम्पूर्ण…
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । विज्ञापन: अचम्मै राम्रो! अचम्मै सस्तो! उपहारको लागि अति राम्रो! गौतमबुद्ध अन्तर्राष्ट्रिय…
कुवेतमा प्रोजेक्ट भिसामा कार्यरत कामदारहरूले प्राइभेट भिसामा भिसा स्थानान्तरण गर्न पाउने भएका छन् । प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्री र आन्तरिक मन्त्री शेख फहद अल-युसेफले नोभेम्बर ३ बाट लागू हुने गरी सरकारी सम्झौता र परियोजनाहरूमा काम गर्ने कामदारहरूलाई अन्य क्षेत्रमा काम गर्न अनुमति दिने निर्णय जारी गरेका छन्। कुवेतबाट प्रकाशित हुने अनलाइन…
![]()