Wednesday 30th September 2026

अञ्जला कोइराला प्रतिवादी रहेको मुद्दामा न्यायाधीशको राय बाझियो


संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला प्रतिवादी रहेको सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत विराटनगरका दुई न्यायाधीशबीच राय बाझिएको छ । पुर्पक्षका लागि धरौटीमा छाड्ने विषयमा न्यायाधीशबीच राय बाझिएको हो । मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि धरौटीमा छाडेको थियो । अध्यक्ष शम्भुप्रसाद रौनियारसहित दुई सञ्चालकलाई थुनामा पठाएको थियो ।

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा निवेदन दिएको थियो । जिल्लाको आदेशविरुद्ध परेको रिट सुनुवाइ गर्ने क्रममा ११ वैशाखमा उच्च अदालत विराटनगर न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको राय बाझिएको हो । न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी छिन् । न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने पुडासैनीको रायमा असहमति जनाउँदै धरौटी बढाउनु पर्ने राय दिएका छन् । उनले प्रतिवादीहरू रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा एक करोड धरौटी राख्नुपर्ने राय दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...