Wednesday 24th December 2025
मुख्य खबर
Image

इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् । यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २०…

Image

अमेरिकी सरकारको नीतिअनुसार त्यहाँ अवैधानिक आप्रवासीका रुपमा बसोबास गर्दै आएका ३७ नेपालीलाई चार्टड विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । उक्त विमानमा ५ महिलासहित अन्य पुरुष छन् । यसअघि अमेरिकाले डिपोर्ट गरेका ९ नेपालीलाई विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्युरोले आफ्नो कार्यालयमा लगेर सोधपुछ गरेको थियो । यसपटक भने सोधपुछ…

Image

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनुपर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्यसरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप…

Image

पुर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेको हो । अब पुर्व सभामुख सापकोटासहित पूर्वऊर्जामन्त्री एवम सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको…

Image

दुई दिनदेखि जारी यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ। मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरेको हो। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्। आन्दोलन फिर्ता भएसँगै मंगलबार देखि निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न…

Image

कृष्ण ज्ञवाली-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले राजनीतिक दबाब खेप्न नसक्दाको प्रभाव उसले लिने निर्णय र अभियोजनमै देखिन थालेको छ । त्यसको ताजा उदाहरण हो, ‘टेरामक्स खरिद प्रकरण ।’पूर्वराष्ट्रपतिदेखि प्रधानमन्त्रीको राजनीतिक दबाबका कारण अख्तियारले अनुसन्धान टुंग्याएको करिव १५ महिनापछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय लिएको हो । १५ फागुन,…

Image

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला प्रतिवादी रहेको सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत विराटनगरका दुई न्यायाधीशबीच राय बाझिएको छ । पुर्पक्षका लागि धरौटीमा छाड्ने विषयमा न्यायाधीशबीच राय बाझिएको हो । मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत…

Image

गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद रोचक मोडमा पुगेको छ । व्यक्तिगत इगो र संस्थाभित्रको चरम राजनीतिका कारण विभाजित बनेको एनआरएनएको सर्वोच्चको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले गराएको ‘एकता महाधिवेशन’बाट नयाँ नेतृत्व चयन गरिएसँगै विवाद रोचक मोडमा पुगेको हो । समितिका संयोजक शेष घलेले गराएको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ…

Image

गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण…

Image

एनआरएनएको एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचनका लागि पहिलो लिस्टमा ६२५ जनाको मतदाता नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि योग्य ठहरिएका नामावली प्रकाशित गर्दै थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशित गरिने पनि समितिले जनाएको छ। सर्वोच्च अदालतको…