Wednesday 8th January 2025
मुख्य खबर
Image

तितोपाटी - भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् । ‘दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते…

Image

तितोपाटी - मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना…

Image

तितोपाटी - विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्। दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन्। नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको छ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री अाेलीले…

Image

तितोपाटी - छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । प्रतिनिधि मण्डलले…

Image

तितोपाटी - नेपाल र चीनबीच केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी महत्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। २०७२ मा भएको व्यापार तथा पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खछ्याङबीच ग्रेट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको…

Image

तितोपाटी - युएईले गरैकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । गैरकानुनी हैसियतले युएईमा रहेका नेपालीसहित विदेशी कामदारले अब तोकिएको शुल्क तिरेर बैधानिक बन्न पाउने छन् र स्वेच्छाले स्वदेश फर्किन चाहनेका लागि कुनै शुल्क र जरिवाना नलाग्ने युएईले जनाएको छ । आममाफी सम्बन्धी सर्वजनिक चासो सुनुवाइका लागि…

Image

तितोपाटी - चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बेइजिङमा भएको भेटवार्ता सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् । ‘भेटमा नेपाल–चीन सम्बन्धका धेरै मुद्दामा दुई नेताबीच कुराकानी भयो । दुई…

Image

तितोपाटी - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ। बेइजिङस्थित नेपाली दूतावासमा बुधबार आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको…

Image

तितोपाटी - चीनको ६ दिने अाैपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले…