Monday 25th August 2025
अन्तर्राष्ट्रिय समाचार
Image

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ। बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले शपथ लिएका छन् । उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा बिहीबार राति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्…

Image

यस्तो अवस्थामा बंगलादेशी लोकतन्त्रलाई व्यवस्थित र स्थायित्वमा ल्याउने प्रयासको नेतृत्व गर्न व्यापक रूपमा सोधिएका अनुभवी सामाजिक उद्यमी को हुन् ? मुहम्मद युनुस सन् १९७० को दशकमा लघुवित्तका अग्रगामीका रूपमा चिनिए र देशका गरिब जनतालाई गरिबीबाट बाहिर निकाल्न मद्दत गरे। युनुसले यो सबैको लागि चटगाउँ विश्वविद्यालय नजिकैको एउटा गरिब गाउँ गएर…

Image

दुई पटक प्रधानमन्त्री पद सम्हालेका ७८ वर्षीय जियालाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै १७ वर्षको जेल सजाय सुनाइएको थियो । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का प्रमुखको स्वास्थ्य बिग्रिएपछि एक वर्षपछि अस्पताल भर्ना गरिएको थियो। उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् । जिया सोमबार राजीनामा दिएर देश…

Image

देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।उनले सोमबार राजीनामा दिएसँगै देश छाडेकी छन् भने छिमेकी देश भारतको शरणमा पुगेकी छन् । सरकारी जागिरमा अारक्षण हटाउन माग गर्दै एक महिना अगाडि शुरू भएको विद्यार्थीहरूको अान्दोलन दबाएर हिंसात्मक रूपमा अघि बढेकी प्रधानमन्त्री हसिनाले पुरै सुरक्षा फाैज लगाएर प्रदर्शन…

Image

कोटा प्रणालीको विरोधमा विधार्थी मञ्चहरुको नेतृत्वमा शुरु भएको बंगलादेशको आन्दोलन व्यापक हिंसामा परिणत हुदै गएको छ । आईतवार अर्थात आज मात्र त्यहाँ भडकिएको हिंसामा ७० जनाको ज्यान गएको जनाईएको छ । यति बेला बंगलादेशमा कफर्यु लागेको छ र ईन्टरनेट सेवाहरु बन्द छन । कोटा प्रणाली को माग लाई सरकारले अदालतको…

Image

यस हप्ता बुधबार, जब हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानिया इरानमा थिए, उनी आक्रमणमा मारिए। अब इरानले उनको कसरी मृत्यु भयो र कहाँबाट आक्रमण गरियो भन्ने विवरण दिएको छ । हानियाको शुक्रबार कतारमा अन्त्येष्टि गरिएको थियो । तर इरानको राजधानी तेहरानमा उनको मृत्यु कसरी भयो भन्ने अझै रहस्य नै छ…

Image

इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई आक्रमण गरेको केही घण्टापछि र मध्य पूर्वमा तनाव बढेको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मङ्गलबार आत्मरक्षामा इराकमा आक्रमण गरेको अमेरिकी अधिकारीले रोयटर्सलाई बताए। नाम न छाप्ने सर्तमा बोलेका अधिकारीले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई खतराका कारण हमला गरिएको बताए । इराकको पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) द्वारा…

Image

लेबनानी समूह हिजबुल्लाहले दक्षिणी बेरुतमा इजरायली आक्रमणमा आफ्ना वरिष्ठ कमाण्डर फुआद शुक्र मारिएको पुष्टि गरेको छ। हिजो साँझमा लेवनानको राजधानी बेरुतमा उनी बसेको घरमा आक्रमण गर्दा उनी मारिएका छैनन भनिएको थियो । हिजो रातीको विहान अर्थात अन्दाजी आज विहानको २ बजे तेहरानमा हमासका राजनैतिक व्युरोका प्रमुख ईश्मायल हनियाको हत्या भएको…

Image

पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा जग्गा विवादमा ४३ जनाको मृत्यु भएको छ । यो घटना कुर्रमको पारा चिनारको उपनगर बुशेहराको हो। यो विवादको केन्द्रमा ३० एकड अर्थात करिब १०० कनाल जग्गाको स्वामित्व रहेको छ । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने जनजातिबीचको हो । अधिकारीका अनुसार ६ दिनअघि सुरु…

Image

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीहरूको प्रदर्शनका क्रममा कम्तिमा १७४ जनाको मृत्यु भएको बताइएको छ । जारी प्रदर्शनमा अहिलेसम्म २ हजार ५०० पक्राउ परेको मंगलबार एएफपीले जनाएको छ । त्यहाँ सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने सङ्ग्राममा लडेका स्वतन्त्रता सेनानीका सन्तानलाई गएको हप्ता सरकारी जागिरमा एक तिहाइ आरक्षण दिइने…