विकिलिक्सका संस्थापक जुलियन असान्ज अन्ततः वर्षाै लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असान्ज रिहा भएका हुन् । ५२ वर्षीय असान्जलाई राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गर्ने तथा त्यस्ता सूचनाहरू चुहाउने कार्य गरेको अभियोग लगाइएको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक…
चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान 'चाङ्ग-अ सिक्स' पृथ्वीमा फर्किएको छ। 'चाङ्ग'अ सिक्स' अन्तरिक्षयान मङ्गलवार इनर मङ्गोलिया मरुभूमिमा अवतरण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। चन्द्रमाबाट सङ्कलित ती नमुनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने अपेक्षा वैज्ञानिकहरूको छ। 'चाङ्ग-अ सिक्स' चीनले…
ब्रान्डेड पेय पदार्थहरू किन्न नसक्ने ग्राहकहरूलाई विक्रेताहरूले ठूलो नाफाको लागि सस्तो रक्सी बेच्छन्। भारतको दक्षिणी राज्य तमिलनाडुमा मिथानोल मिसिएको रक्सी पिएपछि कम्तीमा ५४ जनाको मृत्यु भएको छ र दर्जनौं अझै अस्पतालमा भर्ना छन्। कल्लाकुरिची जिल्लामा बुधबारदेखि झण्डै २०० जनाको उपचार भइसकेको छ भने सयभन्दा बढीको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको…
भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले बताएका छन्। मदिरा सेवनका कारण बिरामी परेका दर्जनाै मानिसहरू अझै पनि अस्पतालमा उपचाररत रहेकोले ज्यान जानेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरमा विषालु…
साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक…
एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले टी-२० मै एकै खेलमा सबैभन्दा धेरै १६ छक्का हानेर नयाँ कीर्तिमान समेत बनाएका छन् । चार महिनाअघि मात्र जान निकोल…
दक्षिणी इटालीको तटमा दुईवटा जहाज दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ र करिब ६० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा धेरै बालबालिका रहेको जनाइएको छ । जर्मन सहायता समूह RESQSHIP द्वारा सञ्चालित एउटा उद्धार जहाजले दुईवटा जहाज दुर्घटनामध्ये पहिलोमा डुबिरहेको डुंगाबाट ५१ जनालाई उद्दार गरेको बताएको छ…
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय युद्ध मन्त्रिपरिषद विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले युध्द मन्त्रिपरिषद विघटन गरेका हुन् । गान्ट्जले युद्धपछिको गाजाबारे के हुने भन्नेबारे प्रधानमन्त्री नेतान्याहुसँग जवाफ मागिरहेका थिए । ठोस कार्ययोजना नभएको भन्दै उनीहरुले…
स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् । प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ । भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर…
अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजन डट कमका मालिक जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनी यस अघि सन २०१७ देखि २०२१ सम्मका सर्वाधिक धनी…