Wednesday 29th October 2025
विचित्र संसार
Image

तितोपाटी- टेलिभिजन प्रस्तोता रवि लामिछानेले चितवनको धन्यवाद सभामा आफ्नो सम्बोधन सुरु गरेका छन्। नारायणी नदी किनारमा आयोजित सभामा हजारौँ समर्थककाबीच लामिछानेले आफ्नो सम्बोधन सुरु गरेका हुन्। ठूलो संख्यामा भेला भएका समर्थकको भिडलाइ व्यवस्थित पार्न आयोजकलाई हम्मे हम्मे परेको छ। लामिछानेले पाँच लाख धरौटीमा रिहा भएपछि धन्यवाद सभाको आयोजना गरेका हुन्।पत्रकार…

Image

तितोपाटी- चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ का वडाध्यक्षको दबाममा सोही वडाको सरस्वती आधारभूत विद्यालयमा शिक्षक नियुक्ति गरिएको पाइएको छ। वडाध्यक्ष सानुकान्छा श्रेष्ठको दबाबमा परी विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नगराई आफूले शिक्षक नियुक्ति गरेको विद्यालयका प्रधानाध्यापकले नै स्विकारेका छन्।१ नं वडा कार्यालयले २०७६ असार १५ गतेको मितिमा विद्यालयलाई पत्र…

Image

तितोपाटी- बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा भएको छ । गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको हो । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगीका रुपमा कार्यरत छन् । कृष्ण जन्माष्टमीका दिन भक्तले…

Image

तितोपाटी-देशका प्रधानमन्त्रीलगायत नेताहरु बिरामी पर्दा विदेशका अस्पतालमा गइरहँदा दुर्गम रोल्पाका बिरामी भने अस्पतालमा शय्या नपाएर भुइँमा सुतेर उपचार गराउन बाध्य छन। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न राज्यका निकायबाट चासो दिइएको छैन। पन्ध्र शय्याको रोल्पा जिल्ला अस्पतालको आपतकालीन कक्षमा पाँच र ड्रेसिङ कक्षमा दुईवटा शय्या छन्। यी शय्या भरिएपछि…

Image

तितोपाटी- विहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सत्तारुढ दलको सीटमा बसे। सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले पठाएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता भएको पत्र पढेर सुनाएपछि बाबुराम स्वतन्त्र सांसद बस्ने सीटबाट सत्तारुढ सांसदको सीटमा स्थानान्तरण भए। नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन…

Image

तितोपाटी- निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुरभीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्। पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। वडाध्यक्षज्यूले इमेलबाट…

Image

तितोपाटी- मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गर्ने नेपालीको  लर्को  देख्न पाइन्छ ।…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई बिदाइ गर्न राष्ट्रियसभाका…

Image

तितोपाटी- पछिल्लो ८ वर्षको अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ७ गुणाले वृद्धि भएको छ । विगत ८ वर्षको तथ्यांकलाई हेर्दा अध्ययनका लागि सरकारसँग अनुमति लिएर विदेशमा पढन जाने विद्यार्थीको तथ्यांक बढेको देखिएको हो । विभिन्न देश ३ लाखभन्दा धेरै नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा प्रवेश गरेको शिक्षा विज्ञान तथा…

Image

तितोपाटी- टीकापुर - थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई लिएर थारु समुदायबीच विवाद देखिएको छ। टीकापुरमा आयोजना हुने सम्मेलनलाई सत्तारुढ नेकपा निकट थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघले उद्देश्यविहीन कार्यक्रम भएको आरोप लगाएको छ। ती दुई संस्थाले बुधबार टीकापुरमा पत्रकार सम्मेलन गरी संस्थागत सहभागीता नहुने बताएका छन। पत्रकार सम्मेलनमा…