Wednesday 4th February 2026
विविध
Image

तीतोपाटी- नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा…

Image

तितोपाटी - उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३६ बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा १९ वर्षकी विनिता…

Image

तितोपाटी - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक…

Image

तितोपाटी - बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक वडासचिव रुपन्देहीमा पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उनकी श्रीमती र छोरीलाई…

Image

तितोपाटी - उदयपुरमा एक १३ वर्षीया किशोरीको बलात्कार पछि हत्या गरिएको छ ।  किशोरी जंगलमा मृत अबस्थामा फेला परेकी हुन। जिल्लाको रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाका दुर्गबहादुर खड्काकी १३ वर्षीय छोरी एल्जिना खड्का नजिकैको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन्। शनिवार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी…

Image

तितोपाटी - तनहुँमा अाज बस दुर्घटना हुँदा उक्त बसमा सवार ३७ जना यात्रु घाइते भएका छन् । भिमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्वरको  बस दुर्घटनामा परेकाे हो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुँवामा बस अनियन्त्रित भइ दुर्घटना भएकाे हाे। बस राजमार्गवाट ३० मिटर तल खोचमा खसेको जिल्ला…

Image

तीतोपाटी-बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धान प्रभावित भएको छ । कात्तिक १८ गते तिला गाउँपालिका–४ नुवाकोट गाउँको वनमा घाँस काट्न गएका दुई जना महिला बलात्कृत भए । बलात्कार घटनापछि जिल्ला प्रहरी कार्यालय, जुम्लाले पीडितको स्वास्थ्य परीक्षणका लागि कात्तिक २२ गते…

Image

तीतोपाटी-दाङमा प्रहरीले विभिन्न स्थानमा छापामारेर ३९ जना जुवाडे पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ३ लाख ३६ हजार रकम बरामद गरेको छ । शनिबार बिहान पश्चिम दाङका दुई स्थानमा प्रहरीले छापा मारेको छ । ती स्थानबाट २ लाख ७६ हजार रुपियाँसहित ३९ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर…

Image

तितोपाटी - पूर्व–पश्चिम राजमार्गको निजगढ नगरपालिका–९ स्थित भमरा पुल नजिकै शुक्रबार राति जिप र ट्याक्सी जुध्दा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। नारायणगढबाट सर्लाहीतर्फ जाँदै गरेको ग२च २३२५ नम्बरको बोलेरो जिप…

Image

तितोपाटी - बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन्। गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। प्रहरीले सो घटनामा संलग्न…