कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिलि मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८ः ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिलि मिटर बर्षा भएको हो । बिभागका अनुसार विस २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्बाधिक बर्षा हो । विभागले जारी गरेको विज्ञप्ति:…
स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा गएराति भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो। खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि उक्त अग्रता धेरै…
राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो। ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिनु भएको छ। केन्द्रीय अनुशासन…
एजेन्सि- समुन्द्री आँधी बेरल टेक्सस पुगेको छ भने अहिले बिहान सम्म १३०,००० भन्दा बढी ग्राहकहरू बिजुलीविहीन हुन् पुगेका छन् । टेक्ससमा नजिकै ८० माइल प्रतिघण्टाको गतिमा हावा चलेको सिएनएनले जनाएको छ । टेक्ससमा आज बिहान बेरल समुन्द्री आँधीले राज्यलाई प्रभाव पार्दा बिजुली अवरुद्ध भइरहेको छ। पावरआउटेज युसका अनुसार बिहान ५…
“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,कुबेतमा तीन महिना पहिला गठन भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी अगष्ट ३० तारिक शुक्रबार २०२४ को दिन कुवेतको खैतान स्थित राजधानि रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम संयोजक बिजय लामाले मिडिया लाई जानकारी दिएको छ। संखुवासभा जिल्ला…
इरानमा सुधारवादी नेता डा. मसुद पेजेस्कियानले आफ्ना कट्टरपन्थी प्रतिद्वन्द्वी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका छन्। उनले विपक्षी उम्मेदवार जलिलीलाइ झण्डै ३० लाख बढी मतले पराजित गरेका हुन् । गत जुन २८ गते भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन् । त्यस समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा…
अविरल वर्षाका कारण देशभर वर्षा र बाढीले जनजीवन प्रभावित बनाएको छ । गत दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको गृह मन्त्रालयले आइतवार बिहान सार्वजनिक गरेको विवरणमा जनाइएको छ । मनसुन शुरू भए यता चार सय भन्दा धेरै विपद्का घटना भएका छन् भने ६२ जनाको मृत्यु र ४ जना बेपत्ता…
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ। यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७…
सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ। सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ। बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो। लगातार वर्षाका कारण नदीमा जलसतह…
कुवेतमा घरेलु कामदारले जुलाई १४ देखि आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न सक्ने भएका छन्। यो अवधि सेप्टेम्बर १२ सम्म रहनेछ। अरब टाइम का अनुशार उपप्रधान, रक्षा, र आन्तरिक मन्त्री शेख फहाद अल-युसेफले घरेलु कामदारलाई निजी क्षेत्रमा स्थानान्तरण गर्ने नियमन गर्ने निर्णय जारी गरेका छन्। भिसा परिवर्तन गर्न पुरा गर्नुपर्ने…
![]()