तिताेपाटी – गायन तथा नृत्य प्रतिभा खोजी गर्ने ‘नेपाल गोल्डेन आइडल’को छैटौं संस्करणको अडिसन काठमाडौबाट प्रारम्भ हुने भएको छ । आयोजक गोल्डेन स्टार मल्टिमिडियाका अध्यक्ष सरन गुरुङले यो संस्करणको अडिसन काठमाडौबाट सुरु गर्न लागेको बताए । ‘काठमाडौं सहित प्रतियोगिताको अडिसन नेपालका विभिन्न ३२ जिल्लामा हुनेछ’ उनले भने ‘अन्तिम अडिसन भने…
फिल्म निर्माता–कोरियोग्राफर फराह खानले आफ्ना निर्माता भाइ साजिद खानविरुद्ध लागेको यौन शोषणको आरोपबारे सोधिएको प्रश्नको जवाफ दिनबाट बचिरहेकी छिन् । फराह बुधबार अमिताभ बच्चन, जया बच्चन, श्वेता नन्दा र मनिष पलसँग एक किताब बिमोचन कार्यक्रममा उपस्थित भएकी थिइन् । उक्त कार्यक्रममा जब पत्रकारले प्रश्नको सिलसिला सुरु गर्न चाहे तब उनले…
तितापाटी – दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा…
बीबीसी साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा साउदी पत्रकार जमाल खसोग्गीको हत्याको मामलामा जिम्मेवार सबै ‘अपराधी’ लाई सजायँ दिइने बताएका छन् । राजधानी रियादमा एक बिजनेस फोरममा बोल्दै मोहम्मद बिन सलमानले भने, ‘साउदीका सबै जनताका लागि यो अपराध दुःखदायी हो ।’ साथै उनले टर्कीसँग कुनै मनमुटाव नगर्ने बताएका छन्…
तिताेपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सि (शनिबार) आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ । पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ । नेकपा स्थायी कमिटीका…
तिताेपाटी - वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ । अाजकाे गाेरखापत्र दैनिकमा याे खबर छ – नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन निर्माण गरेको छ…
तिताेपाटी - कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण बुधबार गृह मन्त्रालयमा बुझाइएको छ । प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन बुधबारदेखि…
तिताेपाटी - आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो । २१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको…
तिताेपाटी - नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् । कुर्दा दिक्दार नहोस् भनेर प्रशासनले मोबाइल फोनमा इन्टरनेट चलाउने व्यवस्था मिलाएको छ । 'नागरिकता फाँटमा अलि भीडभाड हुने भएकाले सोचेजस्तो चाडो काम नहुन सक्छ ।' चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले…
तिताेपाटी - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी…