Tuesday 27th October 2026

सेवाग्राही दिक्क नहुन् भनेर वाइफाइ र नयाँ कुर्सी


तिताेपाटी – नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् ।

कुर्दा दिक्दार नहोस् भनेर प्रशासनले मोबाइल फोनमा इन्टरनेट चलाउने व्यवस्था मिलाएको छ ।

‘नागरिकता फाँटमा अलि भीडभाड हुने भएकाले सोचेजस्तो चाडो काम नहुन सक्छ ।’ चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘कुरेर बस्ने सेवाग्राही दिक्क नहुन् भनेर फ्रि राउटरको वाइफाइ राखेका छौं ।’

उनका अनुसार, सेवाग्राही बस्नका लागि टिकाउ र राम्रा कुर्सी पनि छन् । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...