Monday 1st July 2024

सर्लाहीमा चिनी मिल संचालन गर्न माग गर्दै उखु किसानले ज्ञापनपत्र बुझाउने


गुलाम नवि मन्सुर – चिनी मिल संचालन गर्न सरकारलाई दवाव दिने उद्देश्यले सर्लाहीका उखु किसानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उखुको मुल्य २ दिन भित्र तोक्ने वताई रहदा सर्लाहीका उखु किसानले भने उखुको मूल्य ५४५ रुपैयाँ कायम गरी चिनी मिल अविलम्व संचालन गर्न माग गर्दै यही पौष २० गते हरिवनमा वृहद नारा जुलुस गर्ने भएका हुन।

मंसीर अन्तिम साताबाटै संचालन हुनु पर्ने चिनी मिल पुषको तेश्रो साता वित्न लाग्दा समेत संचालन नभएको भन्दै उखु उत्पादक संघ, नेपाल उखु उत्पादक किसान संघ, मिलगेट उखु उत्पादक संघ, किसान हकहित समिति सर्लाहीले संयुक्त रुपमा अविलम्ब चिनी मिल संचालन गर्न दवाव दिने उदेश्यले पौष २० गते हरिवन बजारमा उखु किसानहरुलाई भेला गराई नारा जुलुस गर्ने र ईलाका प्रशासन कार्यालय हरिवनमा ज्ञापन पत्र बुझाउने तयारी गरेका हुन् ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीको अध्यक्षतामा आज हरिवनमा वसेको उखु किसानका प्रतिनिधी संगठनहरुको संयुक्त वैठकले चालु सिजनमा उखुको मूल्य ५४५ रुपैयाँ कायम गरी सात दिन भित्र अविलम्ब मिल संचालन गर्न दवाव दिने निर्णय गरेको वैठकमा सहभागि किसान नेता कमल वुढाथोकीले बताउनुभयो । साथै उनीहरुले गत वर्षको उखुको मूल्य ५३६ रुपैया ५६ पैसा मध्ये राज्यले अनुदान वापत दिने प्रतिक्वीन्टल ६५ रुपैयाँ ३६ र उद्योगले दिन बाँकी ५ रुपैयाँ ३६ पैसा समेत किसानलाई तुरुन्त दिन माग गरेका छन् । उनीहरुले पौष २० गते हरिवन बजारमा उपस्थित भई दिन सवै उखु किसानहरुलाई समेत अपिल गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

पुष्कर अथक रेग्मी थियौं हित भयौं मीत पुष्पा नेपाल सुवेदीको एक पुष्प शीत शीत काव्य समाज नेपालद्वारा प्रकाशित लघुतम काव्य…

नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुले संयुक्तरूपमा विरोध जनाएका छन् । असार…

टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।…

प्रतिकृयाहरू
...