Sunday 3rd August 2025

मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत ‘मेरी आमा’ सार्वजनिक (भिडियो)


तितोपाटी – मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ । सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउने आमा नै हुन् ।

“मेरी आमा” नामक गीतमा राम कुमार नेपाली आर.के. को स्वर रहेको छ भने अशोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा मिलन बिकको सम्पादन, दुर्लभ श्रेष्ठको छायांकन रहेको छ ।

उक्त गीतको भिडियोमा सन्जिब ठकुरी, उनकै आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...