Friday 9th October 2026

गजल


-कमला न्याैपाने, झापा

हालः भक्तपुर

जताततै जाम ,दुर्गन्ध ,फोहोर,अनि त्यस्तै धूलो
कहिले होला राजधानी सफा, अनि सडक ठूलो ।

बढ्दो नै छ भित्रिने क्रम,सवारीका साधनहरु
उठेको कर चाहिँ कहाँ जान्छ खै,कता परि दुलो ।

छैन स्वच्छ पिउने पानी ,हाहाकार छ जताततै
कहिले आइपुग्ने होला खै त्यो,मेलम्चीको कूलो ।

रेल र पानी जहाजको , सपना बाँड्छन् नेता
विकासको काममा चाहिँ सधैँ,पार्छन् खुट्टा लुलो ।

पदमा पुगि स्वार्थी बने,देशको चिन्ता रत्ति छैन
युवा शक्ति पलायन हुँदैछन् ,बाल्न घरमा चुलो ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...