Friday 9th October 2026

गजल


ति स साना नानी बन्धकिमा छ 

उफ्री हिड्ने बानी बन्धकिमा छ ।

रहर बैँस उमेर सबै मरि सक्यो

गुमाएको जवानी बन्धकिमा छ ।

पिडाले पोलेर मुटु जलि रहँदा 

भएको त्यो खरानी बन्धकिमा छ ।

गैरि खेत साहुलाई सुम्पि बनाएको 

त्यो हरियो राहदानी बन्धकीमा छ ।

भोक को कुरा के गर्नु तिर्खामा 

पिउने छैन पानी बन्धकिमा छ  ।

लेखकले सुने पक्कै कथा लेख्थे 

परदेशको कहानी बन्धकिमा छ ।

माधव पौडेल- कुवेत


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...