Saturday 7th June 2025

गजल


ति स साना नानी बन्धकिमा छ 

उफ्री हिड्ने बानी बन्धकिमा छ ।

रहर बैँस उमेर सबै मरि सक्यो

गुमाएको जवानी बन्धकिमा छ ।

पिडाले पोलेर मुटु जलि रहँदा 

भएको त्यो खरानी बन्धकिमा छ ।

गैरि खेत साहुलाई सुम्पि बनाएको 

त्यो हरियो राहदानी बन्धकीमा छ ।

भोक को कुरा के गर्नु तिर्खामा 

पिउने छैन पानी बन्धकिमा छ 

लेखकले सुने पक्कै कथा लेख्थे 

परदेशको कहानी बन्धकिमा छ ।

माधव पौडेल- कुवेत


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

प्रतिकृयाहरू
...