Sunday 4th October 2026

जवर्जस्ती छुटाइएका प्रेमजोडी पुनः मिलनका लागि गुहार माग्दै


तितोपाटी -‘सर मलाई यो घरबाट बाहिर निकाल्नुस् म उहाँकै हुन चाहन्छु,’ – उनले भनिन् ‘प्रहरीमार्फत मलाई र मेरो परिवारलाई झिकाउनुस् मात्रै म सबै कुरा सत्य भन्छु र उहाँसँग जीवन बिताउन चाहन्छु ।’

उता उनका प्रेमी पागल जस्तै बनेका छन । भन्छन् – ‘म उनी बिनाको जीवन कल्पना नै गर्न सक्दिन, साथीको फोनमार्फत उनी मेरो नियमित फोन र च्याट सम्पर्कमा छिन् । कृपया उनको घरबाट झिकाईदिनुस ।’

उनीहरु दुवै गुल्मीकै हुन् । प्रेमी (राजन) र प्रेमिका (सिता) नाम परिवर्तन हुन् । राजनको दाजुभाई, आफन्तहरुले प्रतिष्ठामा आँच आउने भन्दै सितासँग टाढा बनाएर राख्न खोजेको बुझिन्छ ।

विवाहका लागि दुवै जनाको उमेर पुगेको छ । दुवै जना शिक्षित एक अर्कालाई सुहाउँदो जोडी हुन् । तर सम्बन्धलाई टाढा पारेको छ जातीय विभेदले । राजन क्षेत्री जातका हुन् भने उनकी प्रेमीका सिता दलित हुन् ।

उनीहरु दुवैका अनुसार लामो समयको प्रेमपश्चात एक महिनाअघि भागी विवाह गरी भारत हिँडेका थिए । भारतमा पुगेपछि राजनका अभिभावकहरुले षड्यन्त्र रचे । फकाईफुलाई घर आउ भनेर बोलाए ।

उनीहरु दुवै फर्किदै थिए । सुनौली नाकामा कुरेर बसेका उनीहरुलाई अपराधीलाई समाते जस्तो च्याप समातियो । तम्घासमा ल्याएर दुई दिनसम्म एक होटलमा राखियो । सितालाई तर्काउनको लागि केटा पक्षले एक जना दलित नेता पनि समाते । अत्यन्तै दवाव दिएर लाई केटी अस्वीकार्य बनाईयो ।

त्यो होटलबाट अर्को होटलमा लगेर सम्बन्ध तोडेर आ–आफ्नो घर जान बाध्य पारियो । राजन भन्छन्, ‘५ लाख रुपैयाँ मेरै हातले उनीलाई (प्रेमीका) दिन लगाईयो, मैले दिएको हुँ । २० हजार रुपैयाँ पछि दिने कबुल भएको छ । त्यसो नगरेको भए चेलीबेटी बेचविखनको मुद्दामा मलाई फसाउने त्रास दिइएको थियो ।’

‘अहिले मेरो मोबाईल घरमा खोसेर राखेका छन् । मैले यसरी नै साथीको सहयोगमा फोन गर्दै आएको छु । मलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार छ कि छैन ? खै मेरो मानव अधिकार ? मलाई यो पागल हो, यसका कुरा नसुन्नुहोस भन्छन । म पागल हैन ।’ राजन भन्छन् ।

राजन भन्छन्, ‘मलाई पागल बनाईदैँछ मेरी जीवन साथी खोसिएर । म पागल हुँ भने डाक्टरको रिपोर्टले प्रमाणित गरुँन । मलाई जातसात मतलब छैन । मैले उनलाई चिनेरै हिँडेको हुँ । घरपरिवारले स्वीकार गर्दैनन भन्ने मलाई पहिल्लै थाहा थियो । त्यही भएर मैले भारत लगेको हुँ । तर १५ दिन नबित्दै हामीलाई षड्यन्त्र गरेर झिकाईयो ।’

‘म कुनै पनि हालमा उ विना बाँच्न सक्दिँन । तर कसरी मिलन हुने ? म अहिले घरको उच्च निगरानीमा छु । उनलाई (सिता) पनि उता त्यसरी नै राखेका छन् । उनी भन्छन्, ‘ कोठा भन्दा बाहिर निस्कन दिँदैनन रे । मैले गुहार पाईन । कोठाभन्दा बाहिर निस्कन दिँदैनन् ।’

उनले आँखाभरी आँशु लिँदै भने, ‘सुनेकी छु उनले प्रहरीमा मलाई पाउँ भनि उजुरी दिएकी छन् रे । तर प्रहरीले हामीलाई अहिलेसम्म किन झिकाएन ? लौन भनि दिनुस् म र मेरा परिवारलाई त्यहाँसम्म झिकाउन ।’

केटा–केटी दुवैले जिल्लामा मानवअधिकरकर्मी नभए जस्तो महशुस गरेको गुनासो गरे ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...