Tuesday 27th October 2026

टोल-टोलमा पुग्दै प्रहरी


तीतोपाटी-कपिलवस्तु जिल्लाको हरेक तहमा टोल टोलमा प्रहरी पुग्ने भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका सबै स्थानीय तहसँग सहमती गरी प्रहरी पुग्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

अभियान अन्र्तगत सबै नगरमा नगरस्तरीय समिति निमार्ण गरी वडा र टोल टोलमा कार्यक्रम गर्ने बताइएको छ । नगरका सवै वार्डमा समिति गठन हुनेछ । वडास्तरीय समितिले प्रत्येक टोल समुदाय र विद्यालय स्तरमा समिति गठन गरी शान्ति सुरक्षा तथा सचेतनाका कार्यक्रमहरु गरिने बताइएको छ ।

जिल्लाका सबैका स्थानिय निकायसँग सहमति गरी कार्यक्रम संचालन हुनेछ । हालसम्म बुद्धभूमी, शिवराज, कृष्णनगर, कपिलवस्तु, बाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकासँग सहमति भई कार्यक्रम संचालन भईरहेको रावलले बताए । सहमति भएका सबै नगरपालिकामा नगर स्तरीय समुदाय प्रहरी समिति गठन भएको छ ।

सुमदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बुद्धभूमी नगरपालिका ३ मा समुदाय प्रहरी वडा समिति गठन भएको छ । वडास्तरमा बनेको यो समिति जिल्लाको पहिलो समिति हो । मंगलबार सम्पन्न कार्यक्रमबाट वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन भएको छ

साभार दैनिक नेपाल


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...