Friday 3rd May 2024

अनमोल बलिउडमा इन्ट्री मार्दै


तितोपाटी – युवास्टार नायक अनमोल केसी बलिउड फिल्ममा पनि खेल्ने भएका छन्। होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ काे छायाँकनमा व्यस्त अनमोलले हालसालै दुई नेपाली फिल्म खेल्ने सम्झौता गरिसकेका छन् ।

फिल्म ‘क्याप्टेन’ सकेपछि झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सको ‘ब्याचलर बन्टी’ मा व्यस्त हुनेछन् । सुप्रसिद्द म्युजिक कम्पनि ‘वल्र्डवाइड रेकर्ड्स’ लिमिटेड कम्पनिले हिन्दी फिल्म निर्माण गर्दैछ । जसमा अनमोलले खेल्ने भएका हुन् । भारतीय दैनिक पत्रिका हमरा महानगरले अनमोलको बलिउड डेब्यु बारे छापेको समाचारको स्क्रिन सट अनमोलले आफ्नो फेसबुकमा सेयर गरेर बलिउड फिल्म खेल्ने पुष्टि गरेका छन् ।

अनमोल केसीले डेब्यु गर्ने हिन्दी फिल्मलाई नेपाल, भारतसँगै विश्वका ७४ वटा देशमा रिलिज गरिने स्रोतले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...