Sunday 19th July 2026

घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित


तिताेपाटी — म्याग्दीको धौलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो ।

शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्रका लागि सिफारिशलगायतका सेवा दिइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

उउनका अनुसार ८० जनालाई नागरिकता वितरण गरिएको छ । ७६ वर्षीया डिलमती पाइजालाई नागरिकता प्रदान गरेर शिविरको शुभारम्भ गरिएको थियो । ६७ वर्षको उमेरमा नागरिकता लिएका बलवीर रसाइलीले गाउँमै सेवा पाउँदा समय र सदरमुकाम पुग्दा हुने खर्चको बचत भएको बताए । सोही शिविरका क्रममा महिला तथा बालबालिका कार्यालयको टोलीले ११ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश गरेको छ ।

बेनी अस्पतालका चिकित्सक डा विराट शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले १५० जनाभन्दा बढीलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको थियो ।
यसअघि शुक्रबार र शनिबार धौलागिरि गाउँपालिकाको दुर्गम बस्ती गुर्जामा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ५०० ले सेवा लिएका थिए । रासस


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच एक हप्ता भन्दा बढि समयदेखि ड्रोन तथा मिसाइल आक्रमण प्रत्याक्रमण भएका छन्, जसले दुवै देशबीचको द्वन्द्वलाई थप…

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिका–इरानबीचको युद्धविराम अवधिलाई अमेरिकाले आफ्ना हतियार पुनःभण्डारण गर्न, युद्धपोत सुदृढ…

कुवेतले आफ्नो भूमिमाथि भएको भनिएको इरानी आक्रमणको कडा शब्दमा निन्दा गर्दै, विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसालिनेसन) केन्द्रलाई समेत…

प्रतिकृयाहरू
...